Trending
>>   सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रीपरिषद्मा स्वीकृतिको क्रममा छः सचिव अर्याल >>   भ्रामक सूचना दिनेलाई कानूनी दायरामा ल्याउनेगरी विधेयक बनाऔँः महेश बर्तौला >>   एआईको प्रयोगमा नेपाल भूटान भन्दा पनि कमजोर: सञ्चारमन्त्री गुरुङ >>   वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक >>   स्वस्थानी व्रतकथा प्रारम्भ (तस्बिरहरु) >>   लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु >>   केही सञ्चारमाध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ? >>   मौसम :आज यी प्रदेशमा वर्षाको सम्भावना >>   त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न २४ वटा क्याम्पसका क्याम्पस प्रमुख नियुक्त
Logo
२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

एआईको प्रयोगमा नेपाल भूटान भन्दा पनि कमजोर: सञ्चारमन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटान भन्दा पनि कमजोर रहेको बताएका छन् । उनले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको र पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने बताउंदै उनले सुशासन कायम गर्नका लागि नागरिक एपको भुमिका महत्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताएका छन् ।

उनले भने, ‘हिजो अस्तिको अध्यादेशमा पनि आएको छ । त्यो सुशासन कसरी कायम गर्ने भनेर । नागरिक एप कार्यान्वयन गर्ने भनेर हामीलाई जिम्मा दिएको छ । नागरिक एप गाइड गर्ने कुनै ल नै भएन हामीसँग । सुशासनमा यत्ति महत्वपूर्ण भुमिका रहेछ त्यसको, त्यो चिज व्यवस्थापन गर्नुपर्नेछ । एआई र इ गभर्नेन्सको विषयसँग जोडिएको विषय छ । एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन । पोलिसी बनाएका छौँ हामीले । पोलिसी र स्टाटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एशियामै सबैभन्दा पछाडि छौँ । अस्ति भर्खर आएको जस्तो लाग्छ त्यो प्रविधि । अरु त यतिधेरै फास्ट भइसकेको रहेछ, हामी त भूटान भन्दा पनि पछाडि भइसक्यौँ । एआईको पोलिसी चाँडो भन्दा चाँडो बनाएर एआईको ऐनको ड्राफ्ट पनि गर्दैछौँ ।’

मन्त्री गुरुङले आम सञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने पनि बताएका छन् ।


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?