Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्वलन


धनुषा । विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका उपलक्ष्यमा आज जनकपुरधामको जानकी मन्दिरमा रंगौली प्रतियोगिता र दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिर, जनकपुरधाममा एक लाख २५ हजार दीप प्रज्वलन गरिएको हो । मन्दिर निर्माणको इतिहास, यसको महत्त्व, आजको सन्दर्भमा यसको आवश्यकतालगायत विषयलाई आम नागरिक समक्ष ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परिषद्ले जनाएको छ ।

उत्सवको प्रमुख आकर्षणका रूपमा राम मन्दिरको इतिहासको वृत्तचित्र आधुनिक प्रविधिमार्फत प्रदर्शन गरिएको थियो । जानकी मन्दिर परिसरमा प्रदर्शन गरिएको वृत्तचित्र अवलोकन गर्न स्थानीयका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थित थियो ।

श्रीराम मन्दिर निर्माणका क्रममा गरिएको संघर्ष र बलिदानको इतिहासलाई स्मरण गर्दै यस उत्सवलाई भव्य र समृद्ध बनाउन सम्पूर्ण जनकपुरधामवासीलाई उपस्थित हुन परिषद्ले अनुरोध गरेको थियो ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?