Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्वलन


धनुषा । विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका उपलक्ष्यमा आज जनकपुरधामको जानकी मन्दिरमा रंगौली प्रतियोगिता र दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिर, जनकपुरधाममा एक लाख २५ हजार दीप प्रज्वलन गरिएको हो । मन्दिर निर्माणको इतिहास, यसको महत्त्व, आजको सन्दर्भमा यसको आवश्यकतालगायत विषयलाई आम नागरिक समक्ष ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परिषद्ले जनाएको छ ।

उत्सवको प्रमुख आकर्षणका रूपमा राम मन्दिरको इतिहासको वृत्तचित्र आधुनिक प्रविधिमार्फत प्रदर्शन गरिएको थियो । जानकी मन्दिर परिसरमा प्रदर्शन गरिएको वृत्तचित्र अवलोकन गर्न स्थानीयका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थित थियो ।

श्रीराम मन्दिर निर्माणका क्रममा गरिएको संघर्ष र बलिदानको इतिहासलाई स्मरण गर्दै यस उत्सवलाई भव्य र समृद्ध बनाउन सम्पूर्ण जनकपुरधामवासीलाई उपस्थित हुन परिषद्ले अनुरोध गरेको थियो ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?