Trending
>>   जनकपुरमा एक लाख २५ हजार दीप प्रज्वलन >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ? >>   विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा >>   ७ करोडको काठ वन कार्यालयमै कुहिँदै >>   मौसम :देशका विभिन्न स्थानमा वर्षाको सम्भावना,उच्च र हिमाली क्षेत्रमा हिमपात हुने >>   आज मिति २०८१ साल पौष २८ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   भुक्तानी नदिँदा २ सय बढी काम समस्याग्रस्त भइसके:निर्माण व्यवसायी महासंघ >>   दक्षिण एसियाली स्ट्रिट डिफेन्समा विजय र नितेश स्वर्णनजिक >>   राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी >>   प्रधानमन्त्री ओली र सभापति देउवा राप्रपा नेपालको चियापनमा सहभागी
Logo
२८ पुष २०८१, आईतवार
२८ पुष २०८१, आईतवार

विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा


काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताउँछन् । नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यो गौरवलाई जोगाइ राख्नुपर्ने बताए ।

कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ । धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले पनि विश्वास गरेका छन् ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?