Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आज मिति २०७९ साल चैत्र १७ गते शुक्रबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र १७ गते शुक्रबार । आजको राशीफल यस प्रकार छ ।

मेष – आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । नोकरीमा लाभ एवं राजनीतिबाट फाइदा हुनुका साथै खर्च बढ्ने र पारीवारिक समस्या हुनेछ ।

वृष– ठूलाबडाबाट आश्वासनका साथै प्रद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । आकश्मिक लाभ प्रियजन भेटघाट र आफन्तबाट फाइदा मिल्नेछ ।

मिथुन – भाग्यले साथ दिनाले अधुरा काम बन्नेछन् । राजनीतिक फाइदा र जिम्मेवारी एवं आत्म प्रशंसा बढ्ने देखिन्छ ।

कर्कट– प्रेमीप्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । अपमान आउन सक्नेछ । विदेशभ्रमणकाे अवसर मिल्ने संभावना छ । स्वास्थ्यको समस्याले खर्च बढ्ने देखिन्छ। अधुरा काम बन्नेछ ।

सिंह– शत्रुहरुबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । स्त्रीबाट सहयोग मिल्नेछ । वैवाहिक कुराकानी चल्नेछ । मानसिक तनाव बढ्ने र गरेको काम बिग्रिन सक्छ ।

कन्या– मुद्दामामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् । सानो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ । विद्यामा सफलता मिल्नेछ । सन्ततिबाट सहयोग पाइनेछ ।

तुला– पारीवारिक समस्याले सताउनेछ । घरायसी मनमुटाव बढ्नेछ । विरोधीले काम बिगार्न सक्छन् । मनमा अशान्ति एवं तनावले पिरोल्नेछ । चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा हुनेछ ।

वृश्चिक– काम अधुरा रहनेछन् । घरायसी झन्झट बढ्नेछ । धन प्राप्तिको योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ । उत्साह बढ्नेछ । दाजुभाईबाट फाइदा मिल्नेछ ।

धनु – मीठो भोजनको अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । छाेटाे यात्रा हुनेछ । मनमा अशान्ति तथा पारीवारिक झै झगडा हुनेछ । पारीवारिक भेटघाट हुनेछ । अचानक धन सम्पति प्राप्ति हुनेछ ।

मकर – काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरीरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ । प्रेममा मनमुटाव आउनेछ ।

कुम्भ – धनको चिन्ता हुनेछ । आफन्तबाट धोका मिल्नेछ । पारीवारिक सुख एवं व्यापार व्यवसायबाट राम्रराे आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

मीन – मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवं गरेको काममा प्रशंसा मिल्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?