Trending
>>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

आज मिति २०७९ साल चैत्र १७ गते शुक्रबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र १७ गते शुक्रबार । आजको राशीफल यस प्रकार छ ।

मेष – आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । नोकरीमा लाभ एवं राजनीतिबाट फाइदा हुनुका साथै खर्च बढ्ने र पारीवारिक समस्या हुनेछ ।

वृष– ठूलाबडाबाट आश्वासनका साथै प्रद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । आकश्मिक लाभ प्रियजन भेटघाट र आफन्तबाट फाइदा मिल्नेछ ।

मिथुन – भाग्यले साथ दिनाले अधुरा काम बन्नेछन् । राजनीतिक फाइदा र जिम्मेवारी एवं आत्म प्रशंसा बढ्ने देखिन्छ ।

कर्कट– प्रेमीप्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । अपमान आउन सक्नेछ । विदेशभ्रमणकाे अवसर मिल्ने संभावना छ । स्वास्थ्यको समस्याले खर्च बढ्ने देखिन्छ। अधुरा काम बन्नेछ ।

सिंह– शत्रुहरुबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । स्त्रीबाट सहयोग मिल्नेछ । वैवाहिक कुराकानी चल्नेछ । मानसिक तनाव बढ्ने र गरेको काम बिग्रिन सक्छ ।

कन्या– मुद्दामामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् । सानो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ । विद्यामा सफलता मिल्नेछ । सन्ततिबाट सहयोग पाइनेछ ।

तुला– पारीवारिक समस्याले सताउनेछ । घरायसी मनमुटाव बढ्नेछ । विरोधीले काम बिगार्न सक्छन् । मनमा अशान्ति एवं तनावले पिरोल्नेछ । चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा हुनेछ ।

वृश्चिक– काम अधुरा रहनेछन् । घरायसी झन्झट बढ्नेछ । धन प्राप्तिको योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ । उत्साह बढ्नेछ । दाजुभाईबाट फाइदा मिल्नेछ ।

धनु – मीठो भोजनको अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । छाेटाे यात्रा हुनेछ । मनमा अशान्ति तथा पारीवारिक झै झगडा हुनेछ । पारीवारिक भेटघाट हुनेछ । अचानक धन सम्पति प्राप्ति हुनेछ ।

मकर – काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरीरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ । प्रेममा मनमुटाव आउनेछ ।

कुम्भ – धनको चिन्ता हुनेछ । आफन्तबाट धोका मिल्नेछ । पारीवारिक सुख एवं व्यापार व्यवसायबाट राम्रराे आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

मीन – मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवं गरेको काममा प्रशंसा मिल्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?