Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

‘षष्टिका बस्नेत’ पुरस्कार अधिकारी र दाहाललाई


१६ चैत ,मोरङ । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको उपलक्ष्यमा सूचनाको हकको क्षेत्रमा काम गर्ने दुई अभियन्तालाई ‘षष्टिका बस्नेत’ पुरस्कार प्रदान गरिएको छ।

विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले श्रीमती षष्टिकाको स्मृतिमा रू सात लाख अक्षयकोषसहित पत्रकार महासङ्घ मोरङद्वारा संयुक्तरूपमा स्थापित षष्टिका बस्नेत सूचनाको अधिकार–२०७९ बाट सूचना अभियन्ता काशीराज दाहाल र कोशी प्रदेश अभियन्ता रोशनहरि अधिकारीलाई प्रदान गरिएको छ ।

राष्ट्रिय अभियन्तालाई रू ५० हजार ५१ र कोशी प्रदेश अभियन्तालाई रू १५ हजार ५१ पुरस्कार राशिसहित प्रमाणपत्र वितरण गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रमुख परशुराम खापुङले पुरस्कार वितरण गर्दै सञ्चारकर्मीले जनतालाई सत्यतथ्य सूचना प्रवाह गरी राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई बलियो बनाउने कार्य गर्न आग्रह गरे ।

उनले सङ्घीयता, गणतन्त्र, लोकतन्त्रलाई सुदृढ बनाउन र जनताको घरदैलोमा सूचना प्रवाह गरी नागरिकलाई सचेत गराउन पत्रकारको भूमिका महत्वपूर्ण हुने विचार राखे ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले मुलुकमा पारदर्शीता एवं सुशासन कायम गर्न सूचनाको हकको प्रयोग प्रभावकारी रहेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको काम कारवाहीप्रति स्वस्थ आलोचनाको स्वागत गर्ने बताउँदै नागरिकलाई सही सूचना उपलव्ध गराउन सूचना अधिकारी नियुक्त गरिएको जानकारी दिए ।

पुरस्कृत व्यक्तित्व दाहालले सूचनाको हकलाई अझ सबल बनाउने कार्यमा प्रतिबद्धता व्यक्त गर्दै राज्यले पत्रकारको सुरक्षाका लागि सहयोगी हुनुपर्ने धारणा राखे ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?