Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘षष्टिका बस्नेत’ पुरस्कार अधिकारी र दाहाललाई


१६ चैत ,मोरङ । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको उपलक्ष्यमा सूचनाको हकको क्षेत्रमा काम गर्ने दुई अभियन्तालाई ‘षष्टिका बस्नेत’ पुरस्कार प्रदान गरिएको छ।

विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले श्रीमती षष्टिकाको स्मृतिमा रू सात लाख अक्षयकोषसहित पत्रकार महासङ्घ मोरङद्वारा संयुक्तरूपमा स्थापित षष्टिका बस्नेत सूचनाको अधिकार–२०७९ बाट सूचना अभियन्ता काशीराज दाहाल र कोशी प्रदेश अभियन्ता रोशनहरि अधिकारीलाई प्रदान गरिएको छ ।

राष्ट्रिय अभियन्तालाई रू ५० हजार ५१ र कोशी प्रदेश अभियन्तालाई रू १५ हजार ५१ पुरस्कार राशिसहित प्रमाणपत्र वितरण गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा कोशी प्रदेशका प्रमुख परशुराम खापुङले पुरस्कार वितरण गर्दै सञ्चारकर्मीले जनतालाई सत्यतथ्य सूचना प्रवाह गरी राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई बलियो बनाउने कार्य गर्न आग्रह गरे ।

उनले सङ्घीयता, गणतन्त्र, लोकतन्त्रलाई सुदृढ बनाउन र जनताको घरदैलोमा सूचना प्रवाह गरी नागरिकलाई सचेत गराउन पत्रकारको भूमिका महत्वपूर्ण हुने विचार राखे ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले मुलुकमा पारदर्शीता एवं सुशासन कायम गर्न सूचनाको हकको प्रयोग प्रभावकारी रहेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको काम कारवाहीप्रति स्वस्थ आलोचनाको स्वागत गर्ने बताउँदै नागरिकलाई सही सूचना उपलव्ध गराउन सूचना अधिकारी नियुक्त गरिएको जानकारी दिए ।

पुरस्कृत व्यक्तित्व दाहालले सूचनाको हकलाई अझ सबल बनाउने कार्यमा प्रतिबद्धता व्यक्त गर्दै राज्यले पत्रकारको सुरक्षाका लागि सहयोगी हुनुपर्ने धारणा राखे ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?