Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

गाजामा इजरायली आक्रमणमा ३१ प्यालेस्टिनीको मृत्यु


काठमाडौँ । गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ३१ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा प्रवक्ता महमूद बसालले बताएका छन् ।

इजरायली जेटहरूले गाजा शहरको दक्षिणमा रहेको जेटौन छिमेकमा रहेको एउटा घरमा आक्रमण गर्दा पाँच प्यालेस्टिनीको मृत्यु भएको र छ जना घाइते भएको बसालले बताए । दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा रहेको एउटा घरमा इजरायली बम विस्फोटमा महिला बालबालिकासहित सात अन्य प्यालेस्टिनीको मृत्यु भएको बसालले बताएका छन् ।

बसालकाअनुसार सोही शहरमा इजरायली हवाई आक्रमणमा एकै परिवारका तीन सदस्यको मृत्यु भएको थियो । इजरायली विमानहरूले खान युनिसको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा रहेको एउटा पाललाई निशाना बनाए । जसमा एक महिला र चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको उनले बताए ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४५ हजार ९३६ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?