Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

गाजामा इजरायली आक्रमणमा ३१ प्यालेस्टिनीको मृत्यु


काठमाडौँ । गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ३१ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा प्रवक्ता महमूद बसालले बताएका छन् ।

इजरायली जेटहरूले गाजा शहरको दक्षिणमा रहेको जेटौन छिमेकमा रहेको एउटा घरमा आक्रमण गर्दा पाँच प्यालेस्टिनीको मृत्यु भएको र छ जना घाइते भएको बसालले बताए । दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा रहेको एउटा घरमा इजरायली बम विस्फोटमा महिला बालबालिकासहित सात अन्य प्यालेस्टिनीको मृत्यु भएको बसालले बताएका छन् ।

बसालकाअनुसार सोही शहरमा इजरायली हवाई आक्रमणमा एकै परिवारका तीन सदस्यको मृत्यु भएको थियो । इजरायली विमानहरूले खान युनिसको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा रहेको एउटा पाललाई निशाना बनाए । जसमा एक महिला र चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको उनले बताए ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४५ हजार ९३६ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?