Trending
>>   मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह >>   अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीबाट ५२ हजार भन्दा बढी सिरियालीहरू स्वदेश फर्किए >>   ट्राफिक लाइटको शुरुवातसँगै बुटवलमा ट्राफिक जाम हट्ने विश्वास >>   शीतलहरका कारण नवलपरासीसहित तराई–मधेसको जनजीवन प्रभावित >>   सशस्त्र प्रहरीका चार नायव महानिरीक्षकहरुको १ वर्ष पदावधि थप गर्ने सरकारको निर्णय >>   दक्षिण भारतमा भागदौडमा ६ जनाको मृत्यु, २५ भन्दा बढी घाइते >>   नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु >>   गाजामा इजरायली आक्रमणमा ३१ प्यालेस्टिनीको मृत्यु >>   विचौलियाको मारमा चाकु व्यवसायी, सरकारले गर्दैन सहयोग
Logo
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

अमेरिकी डलर र युरो स्थिर ,हेर्नुहोस अन्य मुद्राको अवस्था यस्तो छ


काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ । युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ ।

विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रूपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५० रूपैयाँ ८८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ २९ पैसा र बिक्रीदर १२ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रूपैयाँ ४३ पैसा र बिक्रीदर चार सय ४६ रूपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ६५ रूपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रूपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ ५८ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?