Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

अरूलाई दोषी देख्न प्रमाणित भइराख्न पर्दैन !


  • नारायण गाँउले

भन्न त हामी पनि ‘गल्ती प्रमाणित नहुँदासम्म निर्दोष हुन्छ’ नै भन्छौँ !
तर, यो आफ्नो हकमा मात्रै लागू हुने रहेछ ! अरूलाई दोषी देख्न प्रमाणित भइराख्न पर्दैन ।
आफू या आफ्नो पक्षको हो भने बेग्लै भयो, नत्र अर्को पक्षको हो भने यसो कतै नाम जोडियो भने पनि पुग्यो ! ठगीमा कतै कसैले नाम जोडिदियो, हाम्रा लागि ठग भयो । भ्रष्टाचारमा एउटा समाचार आयो, हाम्रो लागि भ्रष्ट भयो !

हामी धेरैमा यस्तो बायस हुँदो रहेछ ! जे कुरा आफ्ना लागि प्रमाण होइन, त्यत्ति या त्यसभन्दा कम आधारमैँ पनि हामी अर्कोलाई भने सजिलै दोषी देख्ने रहेछौँ ।
अर्काको कुरो गर्दा क्रान्ति, आफ्नो कुरो गर्दा भ्रान्ति जस्तो लाग्ने !

फरक आस्था, फरक दल या फरक समूहको हुँदैमा उसको मानवता, आत्मसम्मान र नागरिक हक कम मूल्यको हुँदैन भन्ने त हामीलाई लाग्दै नलाग्ने ! आफ्नोमा चाहिँ ती सबै मूल्य स्मरण हुने ! आफूले तँ भनेर सम्बोधन गर्नेले आफूलाई तपाईं भनिदिनुपर्ने !

कड़ा कानुन चाहिन्छ, मलाई बाहेक ! शून्य सहनशीलता चाहिन्छ, हाम्रालाई बाहेक ! योग्य मान्छे चाहिन्छ, अर्कोबाहेक ! उसो त आफ्नो बाहेक अर्को दल या विचारसमूहका सबै बेइमान, भ्रष्ट, ठग, बिकाऊ, अन्धभक्त, अराष्ट्रिय, जड़सूत्रीय, बायस्ड, अल्पबुद्धि या प्रतिगामी देख्ने हाम्रो पुरानो वैचारिक रोग नै हो ! दल बदल्न सकिन्छ तर यो रोग बदल्न सकिन्न !
हाम्रो अक्षर सिकाइ नै “राम्रो म” बाट हुने भएर पो हो कि !


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?