Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

अरूलाई दोषी देख्न प्रमाणित भइराख्न पर्दैन !


  • नारायण गाँउले

भन्न त हामी पनि ‘गल्ती प्रमाणित नहुँदासम्म निर्दोष हुन्छ’ नै भन्छौँ !
तर, यो आफ्नो हकमा मात्रै लागू हुने रहेछ ! अरूलाई दोषी देख्न प्रमाणित भइराख्न पर्दैन ।
आफू या आफ्नो पक्षको हो भने बेग्लै भयो, नत्र अर्को पक्षको हो भने यसो कतै नाम जोडियो भने पनि पुग्यो ! ठगीमा कतै कसैले नाम जोडिदियो, हाम्रा लागि ठग भयो । भ्रष्टाचारमा एउटा समाचार आयो, हाम्रो लागि भ्रष्ट भयो !

हामी धेरैमा यस्तो बायस हुँदो रहेछ ! जे कुरा आफ्ना लागि प्रमाण होइन, त्यत्ति या त्यसभन्दा कम आधारमैँ पनि हामी अर्कोलाई भने सजिलै दोषी देख्ने रहेछौँ ।
अर्काको कुरो गर्दा क्रान्ति, आफ्नो कुरो गर्दा भ्रान्ति जस्तो लाग्ने !

फरक आस्था, फरक दल या फरक समूहको हुँदैमा उसको मानवता, आत्मसम्मान र नागरिक हक कम मूल्यको हुँदैन भन्ने त हामीलाई लाग्दै नलाग्ने ! आफ्नोमा चाहिँ ती सबै मूल्य स्मरण हुने ! आफूले तँ भनेर सम्बोधन गर्नेले आफूलाई तपाईं भनिदिनुपर्ने !

कड़ा कानुन चाहिन्छ, मलाई बाहेक ! शून्य सहनशीलता चाहिन्छ, हाम्रालाई बाहेक ! योग्य मान्छे चाहिन्छ, अर्कोबाहेक ! उसो त आफ्नो बाहेक अर्को दल या विचारसमूहका सबै बेइमान, भ्रष्ट, ठग, बिकाऊ, अन्धभक्त, अराष्ट्रिय, जड़सूत्रीय, बायस्ड, अल्पबुद्धि या प्रतिगामी देख्ने हाम्रो पुरानो वैचारिक रोग नै हो ! दल बदल्न सकिन्छ तर यो रोग बदल्न सकिन्न !
हाम्रो अक्षर सिकाइ नै “राम्रो म” बाट हुने भएर पो हो कि !


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?