Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

कान्तिपुरले नयाँ के देखायो? रविले नै भनेका छन – चेकमा हस्ताक्षर मेरै हो


  • दिपक बाेहाेरा 

‘कान्तिपुरले आज छापेको ‘सहकारीलाई किस्ता तिरेका चेकको हस्ताक्षर लामिछानेकै भएको फरेन्सिक परीक्षणबाट प्रमाणित’ भन्ने समाचारले नयाँ के देखायो? रवि दाइ आफैँले बयानमा भनिसक्नुभएको कुरा हो– चेकमा हस्ताक्षर मेरै हो। वादीको दावीलाई प्रतिवादीले स्वीकारिसकेको अवस्थामा पनि प्रमाण खोजिरहनु पर्छ र? बरु ऋण लिन फाराम भरेको नै प्रमाण छ प्रमाण छ भन्नेहरुले प्रमाण देखाउन सके त?

महत्त्वपूर्ण कुरा भनेको त्यही होइन? सहकारीबाट ऋण लिन फाराममा गरिएको हस्ताक्षर रवि लामिछानेको नभएको फरेन्सिक रिपोर्टले प्रमाणित गरेको छ। यसले स्पष्ट गर्दछ कि सहकारीको ऋण लिन उनी प्रत्यक्ष संलग्न थिएनन्। प्रमाण छ भन्नेहरु कुन मुखले जनतालाई अनुहार देखाउँछन् अब?

चेक काट्नु मात्र कसरी गैरकानुनी हुन्छ? कम्पनी ऐनको दफा ९९ अनुसार गोर्खा मिडिया र रविबीच भएको contract अनुसार कम्पनीको हितमा चेक काट्नै पर्छ। बरु नकाटे गैरकानुनी हुन्छ भन्ने जिकिर इजलासमा कानुन व्यवसायीहरुले गरिसकेका छन्।

त्यसैगरी, अभियोग पत्रमा उल्लेखित २१ चेकमध्ये केवल ६ वटा मात्रै रवि कार्यरत रहँदाको हुन्। बाँकी चेकका घटनाहरू उनको कार्यकालका हैनन्। अझ अभियोग पत्रमा चेकका मितिहरू इस्वी र विक्रम संवत मिसाएर मिसलिड गर्न खोजिएको तथ्य कानुन व्यवसायीहरूले इजलासमै स्पष्ट गरिसकेका छन्।

सबैभन्दा महत्त्वपूर्ण कुरा, चेकमा हस्ताक्षर र अन्य विवरण लेख्ने अक्षर फरक छ। यसले के देखाउँछ भने, ती चेक रवि दाइको जानकारीबिना प्रयोग भएका हुन्। त्यसो भए, यो कुरालाई न्यायिक रूपमा केलाउनु जरुरी छ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?