Trending
>>   कान्तिपुरले नयाँ के देखायो? रविले नै भनेका छन – चेकमा हस्ताक्षर मेरै हो >>   भारतको बीआईएस प्रमाणपत्र सरह नेपालले दिने गुणस्तर प्रमाणपत्रले मान्यता पाउनुपर्छः निजी क्षेत्र >>   ओली बढी खुला र प्रष्ट, प्रचण्ड कुटील र छद्म ! >>   इजरायली ड्रोन आक्रमणमा ३ प्यालेस्टिनीको मृत्यु >>   टर्की राष्ट्रपति एर्दोगान र इराकी कुर्दिश नेताबीच भेट >>   थाइल्याण्डले २०२४ मा ३ करोड ५५ लाखभन्दा बढी विदेशी पर्यटकहरू भित्र्यायो >>   सुडानको राजधानीमा युद्धग्रस्त क्षेत्रका ८० हजार मानिसका लागि सहायता वितरण शुरु >>   एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय >>   अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु >>   प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि
Logo
२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

मधेस प्रदेश सरकारद्वारा शहीद परिवारहरूको बीमा कार्यक्रम शुरुवात


काठमाडौँ। मधेस प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ ।

प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पुस ९ गतेबाट बीमा कार्यक्रम लागू भएको जानकारी बुधवार पत्रकार सम्मेलनमार्फत दिएका हुन् । मधेस सरकारले मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद र जिउँदो शहीद गरी १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडी बढाइएको मन्त्री लेखीले जानकारी दिंदै मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिएका छन् । कार्यक्रमले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानूनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए । यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्नेछ ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?