Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु


लुइसियाना, यूएस । अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । बिरामी ६५ वर्ष भन्दा माथिको रहेको थियो ।

“लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपिएआइ)को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ,”लुइसियाना स्वास्थ्य विभागले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । यो बिरामी लुइसियानामा एच५एन१ को एक मात्र मानव केस हो ।

“विभागले बिरामीको परिवार र साथीहरूलाई आफ्नो प्रियजनको निधनमा शोक व्यक्त गर्दै गहिरो समवेदना प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ । चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहेका विज्ञप्तिमा उल्लेख भएको छ ।

लुइसियानाको स्वास्थ्य विभागले आफू र आफ्नो परिवारलाई एच५एन१ बाट जोगाउने उत्तम उपाय भनेको जोखिमको स्रोतबाट बच्नु हो । यसको अर्थ जङ्गली चराहरू र बर्ड फ्लू भाइरसबाट सङ्क्रमित जनावरहरूसँग प्रत्यक्ष सम्पर्कबाट जोगिनु हो ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सिडसि) का अनुसार अमेरिकामा बर्ड फ्लुका कूल ६६ मानव केसहरू रिपोर्ट गरिएको छ ।

अमेरिकामा बर्डफ्लुका बिरामी देखिएका दश राज्यमा क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वाशिङटन, विस्कन्सिन र टेक्सास रहेका छन् ।

लुइसियानामा रिपोर्ट गरिएको केस अमेरिकामा एच५एन१ बर्ड फ्लूको पहिलो केस थियो ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?