Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

थाइल्याण्डले २०२४ मा ३ करोड ५५ लाखभन्दा बढी विदेशी पर्यटकहरू भित्र्यायो


काठमाडौँ । थाइल्याण्डले २०२४ मा ३ करोड ५५ लाख ४० हजारभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएका छन् ।

जुन एक वर्ष अघिको तुलनामा २६.२७ प्रतिशतले वृद्धि हो । थाई पर्यटन तथा खेलकुद मन्त्रालयकाअनुसार ६७ लाख ३० हजार आगमनका साथ, चिनियाँ पर्यटकहरूले गत वर्ष दक्षिणपूर्वी थाइल्याण्डको लागि सबैभन्दा ठूलो स्रोत बजार बनाएका थिए । त्यसपछि मलेसियाबाट ४९ लाख ५० हजार र भारतबाट २१ लाख २० हजार आएका थिए ।

२०२४ मा थाइल्याण्डले अन्तर्राष्ट्रिय पर्यटकहरूबाट लगभग १.६७ ट्रिलियन भाट (लगभग ४८.४५ अर्ब अमेरिकी डलर) राजश्व उत्पन्न गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि हो । हाल ९३ देश र क्षेत्रका पर्यटकहरूलाई भिसा बिना ६० दिनसम्म थाइल्याण्डमा बस्न अनुमति छ ।

थाइल्याण्डको पर्यटन प्राधिकरणकाअनुसार राज्यले यस वर्ष ३ करोड ९० लाख अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेका छन् । जसमा २.२३ ट्रिलियन भाट (लगभग ६४.७१ बिलियन डलर) पर्यटन प्राप्ति हुने अनुमान गरिएका छन् । महामारी अघि २०१९ मा थाइल्याण्डले रेकर्ड ३ करोड ९९ लाख विदेशी आगमनलाई स्वागत गरेका थिए । जसले १.९१ ट्रिलियन भाट (लगभग ५५.४२ बिलियन डलर) राजश्व कमाएका थिए ।

राष्ट्रको आर्थिक वृद्धिको प्रमुख चालक पर्यटनले २०२४ को दोस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको १४.१६ प्रतिशत र रोजगारीको ११.३३ प्रतिशत हिस्सा ओगटेको थियो ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?