Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सुडानको राजधानीमा युद्धग्रस्त क्षेत्रका ८० हजार मानिसका लागि सहायता वितरण शुरु


काठमाडौँ । सुडानी राजधानी खार्तुमको दक्षिणी भागमा मानवीय सहायताको वितरण शुरु भएका छन् ।

जसको उद्देश्य हालको गृहयुद्धको बीचमा गम्भीर मानवीय अवस्थासँग जुधिरहेका ८० हजार भन्दा बढी युद्ध प्रभावित मानिसहरूलाई सहयोग गर्नु हो । खार्तुमको दक्षिणमा रहेको अल–अजहारी, अल–इङ्गाज, एड हुसेन र मेयो छिमेकका हजारौं बासिन्दाहरूलाई सहायता वितरण गर्न आठ केन्द्रहरू स्थापना गरिएका छन् ।

दक्षिण खार्तुम आपतकालीन कक्षका प्रवक्ता मोहम्मद कान्दशाले बताएका छन् । देशका २८.९ मिलियन मानिसहरूलाई मानवीय सहायताको आवश्यकता छ । अन्तर्राष्ट्रिय संस्थाहरूको अनुमानअनुसार, घातक द्वन्द्वले सुडान भित्र वा बाहिर लगभग ३० हजार जनाको ज्यान लिएका छन् ।

१ करोड ४० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?