Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

टर्की राष्ट्रपति एर्दोगान र इराकी कुर्दिश नेताबीच भेट


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा इराकको कुर्दिस्तान क्षेत्रीय सरकारका प्रधानमन्त्री मसरौर बरजानीलाई भेटेर सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गरेका छन् ।

टर्की राष्ट्रपति कार्यालयअनुसार बैठकले इराकको स्थिरता र सुरक्षा जोगाउन टर्कीको प्रतिवद्धतालाई जोड दिएका छन् । एर्दोगानले क्षेत्रमा थप अस्थिरता रोक्न टर्कीको प्रयासमा जोड दिए । सिरियाको भविष्य आतंकवादी संगठनहरू र उनीहरूका सम्बद्धहरूबाट मुक्त हुनुपर्छ भन्ने आफ्नो अडान व्यक्त गरेका छन् ।

एर्दोगानले यस क्षेत्रमा स्थिरता र समृद्धि बढाउन परियोजनाहरू कार्यान्वयन गर्ने आवश्यकतालाई पनि प्रकाश परेका छन् । टर्कीमा कुर्दिस्तान वर्कर्स पार्टीद्वारा गरिएको आतंकवादलाई सम्बोधन गर्ने उद्देश्यले क्षेत्रीय राजनीतिक दलहरू बीच जारी छलफलको बीचमा बरजानीको टर्कीको भ्रमण भएको हो ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा तोकिएको पीकेकेले चार दशकदेखि टर्की सरकार विरुद्ध विद्रोह गर्दै आएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?