Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

टर्की राष्ट्रपति एर्दोगान र इराकी कुर्दिश नेताबीच भेट


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा इराकको कुर्दिस्तान क्षेत्रीय सरकारका प्रधानमन्त्री मसरौर बरजानीलाई भेटेर सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गरेका छन् ।

टर्की राष्ट्रपति कार्यालयअनुसार बैठकले इराकको स्थिरता र सुरक्षा जोगाउन टर्कीको प्रतिवद्धतालाई जोड दिएका छन् । एर्दोगानले क्षेत्रमा थप अस्थिरता रोक्न टर्कीको प्रयासमा जोड दिए । सिरियाको भविष्य आतंकवादी संगठनहरू र उनीहरूका सम्बद्धहरूबाट मुक्त हुनुपर्छ भन्ने आफ्नो अडान व्यक्त गरेका छन् ।

एर्दोगानले यस क्षेत्रमा स्थिरता र समृद्धि बढाउन परियोजनाहरू कार्यान्वयन गर्ने आवश्यकतालाई पनि प्रकाश परेका छन् । टर्कीमा कुर्दिस्तान वर्कर्स पार्टीद्वारा गरिएको आतंकवादलाई सम्बोधन गर्ने उद्देश्यले क्षेत्रीय राजनीतिक दलहरू बीच जारी छलफलको बीचमा बरजानीको टर्कीको भ्रमण भएको हो ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा तोकिएको पीकेकेले चार दशकदेखि टर्की सरकार विरुद्ध विद्रोह गर्दै आएका छन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?