Trending
>>   वायुसेवा निगममा देखिएका समस्या सुधारका लागि नेपाल वायुसेवा निगम अध्ययन समिति गठन >>   अरूलाई दोषी देख्न प्रमाणित भइराख्न पर्दैन ! >>   कान्तिपुरले नयाँ के देखायो? रविले नै भनेका छन – चेकमा हस्ताक्षर मेरै हो >>   भारतको बीआईएस प्रमाणपत्र सरह नेपालले दिने गुणस्तर प्रमाणपत्रले मान्यता पाउनुपर्छः निजी क्षेत्र >>   ओली बढी खुला र प्रष्ट, प्रचण्ड कुटील र छद्म ! >>   इजरायली ड्रोन आक्रमणमा ३ प्यालेस्टिनीको मृत्यु >>   टर्की राष्ट्रपति एर्दोगान र इराकी कुर्दिश नेताबीच भेट >>   थाइल्याण्डले २०२४ मा ३ करोड ५५ लाखभन्दा बढी विदेशी पर्यटकहरू भित्र्यायो >>   सुडानको राजधानीमा युद्धग्रस्त क्षेत्रका ८० हजार मानिसका लागि सहायता वितरण शुरु >>   एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय
Logo
२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

शित लहरबाट जनता जोगाउन राहत स्वरुप दाउरा


बुटवल । नागरिकहरुलाई शित लहरको प्रभावबाट बचाउन बुटवल उपमहानगरपालिकाले दाउरा वितरण अभियान शुरु गरेको छ ।

अत्याधिक चिसो बढेसँगै बुधवार बुटवल उपमहानगरपालिका वडा नम्बर १ ले चोकचोकमा दाउरा वितरण गर्न शुरु गरेको हो । आर्थिक रुपमा विपन्न जनतालाई चिसोबाट बचाउन राहत स्वरुप दाउरा वितरण गरिएको बुटवल उपमहानगरपालिका, वडा नम्बर एकका अध्यक्ष नरेन्द्र बस्नेतले बताए । उनले यसबाट विपन्न नागरिकलाई राहत मिल्ने विश्वास लिएको बताउदै दाउरा बिहीवार पनि बाँड्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

केही दिन यता तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेको छ । बुटवल लगायतका स्थानमा शित लहरले आम नागरिकको जनजीवन प्रभावित बनाएको छ ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?