Trending
>>   दशौं राष्ट्रिय खेलकुदका खेल कर्णालीमा मात्रै हुँदैनन्ः खेलकुदमन्त्री चौधरी >>   पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छः अध्यक्ष श्रेष्ठ >>   जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छुः उर्जामन्त्री >>   खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु >>   विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो >>   राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री >>   राप्तीमा ४१ गोही छोडियो >>   मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन >>   पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह >>   नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न दुई जना पक्राउ


काठमाडौं । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरी कडक नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोर कुमार चौधरी रहेका छन् ।

नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाकको दुरूपयोग गरी नक्कली प्रहरी परिचय पत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, प्रहरी निरीक्षकको युनिफर्म लगाएको फोटो समेत खिचि विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारको लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी तथा लिखत सम्बन्धी कसूर (किर्ते) मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?