Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन् ।

मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । उनले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताएका छन् ।

उनले पुस २७ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्ने योजना रहेको बताए । उनले भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरु रहने बताए । उनले भेलाको विषयमा सरकारका सबै निकायलाई जानकारी दिएको बताए ।

उनले भने ,‘वर्तमान परिवेशमा निर्माण क्षेत्र अत्यन्तै सकसमा छ । पौष २६ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्नेछौँ । यो भेला निर्माण क्षेत्रको समस्या समाधानको लागि आन्दोलनको रुपमा लैजान पनि सकिन्छ । ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरुसहित भेला हुने छ । आन्दोलित भएर सडकमा जानुपर्ने अवस्था आएको छ । सरकारका सबै निकायहरु सबैलाई जानकारी दिएका छौँ । सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर कालोबजारी गरेर ५ सय रुपैयाँ रहेको सिमेन्टको मूल्य आज ७७० रुपैयाँसम्म पुर्‍याएको छ । त्यो विषयमा पनि आन्दोलित भएका छौं ।’

उनले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको बताएका छन् । उनले सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य ५ सयबाट ७७० रुपैयाँसम्म पुर्‍याएको बताएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?