Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

दशौं राष्ट्रिय खेलकुदका खेल कर्णालीमा मात्रै हुँदैनन्ः खेलकुदमन्त्री चौधरी


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आवश्यक पूर्वाधारको अभावले कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा हुने बताएका छन् ।

दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय उद्घाटन गर्ने कार्यक्रमममा मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिष्पर्धा नेपालगञ्ज र काठमाडौंमा गरिने बताएका छन् । यद्यपि मन्त्री चौधरीले अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारेका छन् ।

उनले कर्णाली प्रदेश दुर्गम रहेकाले त्यहाँका बाटो, स्वास्थ्य र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भइरहेको उल्लेख गरे । आगामी माघ ३ गते राखेपका बोर्डको बैठक बस्ने र त्यसले दशौं राष्ट्रिय खेलकुदकाबारे थप छलफल हुने मन्त्री चौधरीको भनाइ छ । मन्त्री चौधरीले दशौं खेलकुदका लागि आवश्यक पर्ने आर्थिक निर्देशिका अर्थ मन्त्रालय पुगेको र छिट्टै कानूनमा पनि पुग्ने दाबी गरे ।

उनले दशौं राष्ट्रिय खेलकुद सोचेभन्दा राम्रो र व्यवस्थित तरिकाले सञ्चालन गर्ने विश्वास व्यक्त गरे । मन्त्री चौधरीले यसअघि ३६ खेल हुने भनिए पनि अबको बोर्ड बैठकले मात्र निर्धारण हुने स्पष्ट पारेका छन् । उनले कर्णाली प्रदेशमा आवश्यक होटल नभएकाले वैकल्पिक रूपमा होस्टलमा राख्नसक्ने पनि बताएका छन् ।

गत मंसिर २१ गते सम्पन्न राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद आगामी चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना हुने तय गरेको भनेका थिए । यद्यपि उक्त निर्णय बोर्ड बैठकले नभई मन्त्री चौधरीले कार्यकक्षमा बनाइएको आरोप लागेको बोर्डका अधिकांश सदस्यले लगाएका थिए । यद्यपि मन्त्री चौधरीलाई यसबारे प्रश्न गर्दा  उनले   विषय पुरानो भइसकेको र माइन्युट पनि क्लोज भएको दाबी गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले देशको संघीय संरचना गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई आझै धेरै जिम्मेवारी दिने बताए । उनले विभाग र प्रदेश खेलकुदका निकायले नै तयारी गरिसकेको उल्लेख गरेका छन् ।

सदस्यसचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी दिइने स्पष्ट पारे । उनले दशौं खेलकुदमा एनआरएनएको टोलीको सहभागिता सुनिश्चितताबारे टुङ्गो नलागेको बताएका छन् ।

यसअघि एनआरएनएको सहभागिता हुँदा केही विवाद सिर्जना भएकाले यसपल्ट समस्या उत्पन्न नहुने तवरले कार्यविधि तयार पारिने सदस्यसचिव घिसिङको भनाइ छ । उनले कर्णालीले २४ वटा खेल आयोजना हुने र अन्य १२ खेलबारे थप छलफल हुने बताएका छन् ।

२०७९ सालमा नवौं राष्ट्रिय खेलकुद समापान भएकै दिन दशौं राष्ट्रिय खेलकुद आयोजनाको मिति निर्धारण गरेका थिए । गत मंसिर २ गतेदेखि दशौं राष्ट्रिय खेलकुद हुने निर्धारण गरिए पनि मन्त्री चौधरीले चासो नदिँदा समयमा खेल आयोजना हुन पाएको थिएनन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?