Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

दशौं राष्ट्रिय खेलकुदका खेल कर्णालीमा मात्रै हुँदैनन्ः खेलकुदमन्त्री चौधरी


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आवश्यक पूर्वाधारको अभावले कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा हुने बताएका छन् ।

दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय उद्घाटन गर्ने कार्यक्रमममा मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिष्पर्धा नेपालगञ्ज र काठमाडौंमा गरिने बताएका छन् । यद्यपि मन्त्री चौधरीले अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारेका छन् ।

उनले कर्णाली प्रदेश दुर्गम रहेकाले त्यहाँका बाटो, स्वास्थ्य र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भइरहेको उल्लेख गरे । आगामी माघ ३ गते राखेपका बोर्डको बैठक बस्ने र त्यसले दशौं राष्ट्रिय खेलकुदकाबारे थप छलफल हुने मन्त्री चौधरीको भनाइ छ । मन्त्री चौधरीले दशौं खेलकुदका लागि आवश्यक पर्ने आर्थिक निर्देशिका अर्थ मन्त्रालय पुगेको र छिट्टै कानूनमा पनि पुग्ने दाबी गरे ।

उनले दशौं राष्ट्रिय खेलकुद सोचेभन्दा राम्रो र व्यवस्थित तरिकाले सञ्चालन गर्ने विश्वास व्यक्त गरे । मन्त्री चौधरीले यसअघि ३६ खेल हुने भनिए पनि अबको बोर्ड बैठकले मात्र निर्धारण हुने स्पष्ट पारेका छन् । उनले कर्णाली प्रदेशमा आवश्यक होटल नभएकाले वैकल्पिक रूपमा होस्टलमा राख्नसक्ने पनि बताएका छन् ।

गत मंसिर २१ गते सम्पन्न राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद आगामी चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना हुने तय गरेको भनेका थिए । यद्यपि उक्त निर्णय बोर्ड बैठकले नभई मन्त्री चौधरीले कार्यकक्षमा बनाइएको आरोप लागेको बोर्डका अधिकांश सदस्यले लगाएका थिए । यद्यपि मन्त्री चौधरीलाई यसबारे प्रश्न गर्दा  उनले   विषय पुरानो भइसकेको र माइन्युट पनि क्लोज भएको दाबी गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले देशको संघीय संरचना गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई आझै धेरै जिम्मेवारी दिने बताए । उनले विभाग र प्रदेश खेलकुदका निकायले नै तयारी गरिसकेको उल्लेख गरेका छन् ।

सदस्यसचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी दिइने स्पष्ट पारे । उनले दशौं खेलकुदमा एनआरएनएको टोलीको सहभागिता सुनिश्चितताबारे टुङ्गो नलागेको बताएका छन् ।

यसअघि एनआरएनएको सहभागिता हुँदा केही विवाद सिर्जना भएकाले यसपल्ट समस्या उत्पन्न नहुने तवरले कार्यविधि तयार पारिने सदस्यसचिव घिसिङको भनाइ छ । उनले कर्णालीले २४ वटा खेल आयोजना हुने र अन्य १२ खेलबारे थप छलफल हुने बताएका छन् ।

२०७९ सालमा नवौं राष्ट्रिय खेलकुद समापान भएकै दिन दशौं राष्ट्रिय खेलकुद आयोजनाको मिति निर्धारण गरेका थिए । गत मंसिर २ गतेदेखि दशौं राष्ट्रिय खेलकुद हुने निर्धारण गरिए पनि मन्त्री चौधरीले चासो नदिँदा समयमा खेल आयोजना हुन पाएको थिएनन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?