Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छुः उर्जामन्त्री


काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत आफू संलग्न रहेको भनेर समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाउँदै आफ्नो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।

केही सञ्चारमाध्यमहरुले आफूले राम्रो काम गर्न लागेको देखेर भ्रम पैदा गर्न गलत समाचार प्रकाशन गरेको बताए । उनले पित पत्रकारितामा रमाउन नहुने भन्दै यसले पुस्तौँसम्म असर पर्ने बताएका छन् ।

उनले सत्यतथ्य भए तत्काल कारबाही अघि बढ्ने भन्दै गलत कुरा गरेर आफ्नो पेट पाल्नेतिर नलाग्न आग्रह गरे । उनले केही गर्नखोज्ने मान्छेहरुप्रति लुटमार गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने , ‘काम गर्ने सिलसिलामा भर्खरै सञ्चारमाध्यममा राष्ट्रिय सञ्चारमाध्यममा पनि मेरो नाम जोडेर अत्यन्तै गलत साचार संप्रेषण गरेको पाइयो । काम गर्ने सिलसिलामा यस्तो हुने होला की साँच्चै हो ? यो पित पत्रकारितामा रमाउनु हुँदैन । म पत्रकारिता गर्ने साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु । सत्यतथ्य भए त उतिखेरै अगाडि बढ्न सकिहालिन्छ नि । त्यसका लागि त म पुरस्कारै दिन चाहन्छु । कसैले प्रमाणित गरिदिन्छ, सत्यतथ्य ल्याउन सक्छ भने म पुरस्कार पनि दिन चाहन्छु । यस्तो गलत कुरा गरेर पेट पाल्ने कुरातिर लाग्नु हुँदैन । यसले देशलाई नोक्शानी गर्दछ । तपाईं आफैँ पनि ठगीनुहुन्छ । एकछिन रमाएर हुँदैन । पुस्तौँलाई नोक्शानी गर्दछ । केही गर्नखोज्यो की गर्न खोज्ने मान्छेहरुकाप्रति यस्तो गरेर लुटामार चलिरहने, यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’

उर्जामन्त्री खड्काले श्रोतमाथिको अधिकार सबै नागरिकको हुने बताएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?