Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छुः उर्जामन्त्री


काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत आफू संलग्न रहेको भनेर समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाउँदै आफ्नो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।

केही सञ्चारमाध्यमहरुले आफूले राम्रो काम गर्न लागेको देखेर भ्रम पैदा गर्न गलत समाचार प्रकाशन गरेको बताए । उनले पित पत्रकारितामा रमाउन नहुने भन्दै यसले पुस्तौँसम्म असर पर्ने बताएका छन् ।

उनले सत्यतथ्य भए तत्काल कारबाही अघि बढ्ने भन्दै गलत कुरा गरेर आफ्नो पेट पाल्नेतिर नलाग्न आग्रह गरे । उनले केही गर्नखोज्ने मान्छेहरुप्रति लुटमार गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने , ‘काम गर्ने सिलसिलामा भर्खरै सञ्चारमाध्यममा राष्ट्रिय सञ्चारमाध्यममा पनि मेरो नाम जोडेर अत्यन्तै गलत साचार संप्रेषण गरेको पाइयो । काम गर्ने सिलसिलामा यस्तो हुने होला की साँच्चै हो ? यो पित पत्रकारितामा रमाउनु हुँदैन । म पत्रकारिता गर्ने साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु । सत्यतथ्य भए त उतिखेरै अगाडि बढ्न सकिहालिन्छ नि । त्यसका लागि त म पुरस्कारै दिन चाहन्छु । कसैले प्रमाणित गरिदिन्छ, सत्यतथ्य ल्याउन सक्छ भने म पुरस्कार पनि दिन चाहन्छु । यस्तो गलत कुरा गरेर पेट पाल्ने कुरातिर लाग्नु हुँदैन । यसले देशलाई नोक्शानी गर्दछ । तपाईं आफैँ पनि ठगीनुहुन्छ । एकछिन रमाएर हुँदैन । पुस्तौँलाई नोक्शानी गर्दछ । केही गर्नखोज्यो की गर्न खोज्ने मान्छेहरुकाप्रति यस्तो गरेर लुटामार चलिरहने, यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’

उर्जामन्त्री खड्काले श्रोतमाथिको अधिकार सबै नागरिकको हुने बताएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?