Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा


काठमाडौँ । पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताएका छन् ।

बुधवार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसक्दा शान्ति आएपनि पीडाको सम्बोधन हुन नसकेको बताएका छन् ।

उनले राज्यको दायित्व सशस्त्र जनयुद्ध ताका मानिसहरु बेपत्ता कसरी बनाइए ? भन्ने कुराको जानकारी आम मानिसले पाउनुपर्ने भएपनि अहिलेसम्म पाउन नसकेको गुनासो गरे । उनले यो हक संविधानले समेत दिएको हक रहेको उल्लेख गर्र्दै मानिसहरु द्वन्द्वबाट पीडित भएकै अवस्थामा शान्तिबाट समेत पीडित हुनुपरेको उल्लेख गरेका छन् ।

उनले भने , ‘राज्यको दायित्व भनेको उनीहरु कसरी र किन बेपत्ता पारिए त्यसको कारण परिवारले र आम मानसिले जान्न पाउनुपर्छ । समाजले जान्न पाउनु पर्छ । सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत जान्न पाउनुपर्छ । यो जान्न पाउने हक नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय सन्धी मात्र होइन । हाम्रो आफ्नै संविधानद्वारा दिइएको हक हो । त्यो हक आज इन्कार गरिएको अवस्था छ । मान्छे द्वन्द्वबाट पीडित भएको त छँदै थिए, मान्छे शान्तिबाट पीडित हुन पुगे अहिले । द्वन्द्वबाट मात्र होइन, शान्तिबाट पीडित । शान्ति आयो तर त्यो शान्तिले पीडाको सम्बोधन गर्न सकेन । त्यसैले अहिले द्वन्द्व पीडित होइन साथीहरु शान्ति पीडित हुन पुगेको छ । यो अवस्थाबाट पार पाउन जरुरी छ ।’

कार्यक्रममा बोल्दै पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले शान्ति प्रक्रिया आजसम्म पनि टुंगो लाग्न नसक्नु गम्भीर विषय भएको बताए । उनले अहिले पनि गम्भीर विषय भन्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रहेको बताएका छन् ।

उनले पीडित, अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि शान्ति प्रक्रियाबारे छुट्टा छुट्टै बयान दिने तर काम केही पनि नगर्ने कुराले शान्ति प्रक्रिय टुंगो लगाउन नसकिने बताएका छन् ।

उनले भने , ‘आजका दिनमा पनि यो विषय गम्भीर विषय हो भन्न कोही नछोड्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रह्यो । यो सच्चाई हो, पीडितहरुको आवाजबाट आएको कुराहरु गलत भइरहेका छैनन् । के हामीले चरण चरणमा रहेका वार्ता संवादहरुबाट त्यो कुराहरु अघि बढाउने कुरामा मिसिङ गरिरहेका छैनौँ ? गल्ती गरिरहेका छैनौँ ? हामीले अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि एउटा, भिक्टिमको अगाडि एउटा कुरा गर्ने, अर्काथरीसँग अर्को कुरा गर्ने तर काम केही पनि नगर्ने गर्‍यौँ भने हामी कहीँ पनि पार लाग्दैनौ । यसरी यो चिज पार पनि लाग्दैन ।’

पूर्वमन्त्री खरेलले काम केही नगर्ने र कुरा मात्रै ठूला गरेर परिणाम नदिने बताए । आरोप र प्रत्यारोपले समाधान ननिस्किने बताएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?