Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु


काठमाडौँ । खेलकुदलाई पर्यटन प्रवद्र्धन र अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बुधवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले खेल क्षेत्रलाई पर्यटन प्रवद्र्धनसँग जोडेर अर्थतन्त्र उन्नयनका लागि जोड दिनुपर्ने सांसहरुले बताएका हुन् । उनीहरुले नेपाल खेलकुद क्षेत्रको हब बन्नसक्ने भएकाले सरकारले सोहीअनुसारका योजना र बजेट छुट्याउनुपर्ने आवश्यकता औंल्याए ।

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालयले तदारुकता देखाउनुपर्ने बताए । उनले समस्या छन् भनेर बस्ने भन्दा पनि बजेट सुनिश्चिततासहितका समस्याहरु समधान गर्न पहल गर्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय स्तरको खेलाडी जन्माए पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन नसक्नु दुःखको विषय भएको बताएका छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नेपालमा खेलकुदका लागि विश्वमै चर्चित हुनुपर्ने ठाउँ र आधारहरु रहेको उल्लेख गरे । उनले खेल क्षेत्रको भौतिक पूर्वाधारका लागि राज्य लाग्न नसकेको बताए । उनले खेल क्षेत्रलाई उत्साहित बनाउनुपर्ने योजना सरकारले प्रभावशाली रुपमा ल्याउन नसकेको गुनासो गरेका छन् ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले संसारमा सबैभन्दा लोकप्रिय खेल फुटबल र क्रिकेट रहेको र नेपालमा पनि सोहीअनुसार लोकप्रियता कमाएपनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुनु दुःखको विषय भएको बताएका छन् ।

उनले दर्शकहरु दिनप्रतिदिन बढिरहने र पूर्वाधारको अभाव हुने कारणले खेलकुदबाट आर्थिकोपार्जनमा समस्या भएको बताए । क्रिकेटप्रतिको आकर्षणलाई सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले समग्र देशको अर्थतन्त्रको स्थिति नै अहिले विकास निर्माणको लागि बाधक बनिरहेको बताएका छन् ।

उनले सार्वजनिक श्रण दायित्व २५ खर्ब १८ अर्ब हाराहारीमा रहेको उल्लेख गर्दै राजश्वले कर्मचारीलाई नियमित प्रशासनिक खर्च समेत धान्न नसकिरहेको अवस्था रहेको बताए । उनले नेपाल खेलकुदमा सम्भावनाको क्षेत्र भएको बताए । पर्याप्त र प्रशस्त पूर्वाधार अभावले सम्भावनाहरु प्रोत्साहन गर्न नसकिएको बताए ।

सांसद सार्कीले खेलका धेरै विषयहरुलाई सम्बोधन गर्नसकिने बताए । खेलबाट आर्जन गर्नुका साथै खेलबाट पर्यटन ल्याउनेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए । खेलकुदबाट राज्यलाई आर्थिक हिसावले सबल बनाउन सबैले पहल गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?