Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बागमती प्रदेशबाट १ लाख १ हजार ७३३ विद्यार्थीले एसइई दिँदै


१६ चैत्र, बागमती । बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् ।

गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा भोलि १७ गते शुक्रबारदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिए । बागमती प्रदेशका १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पुर्याउनेलगायतका काम भइसकेको उनले बताए ।

यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ । यो वर्षको एसइई परीक्षामा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ३६ हजार पाँच सय ७७ र सबैभन्दा कम रसुवा जिल्लाबाट छ सय २८ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

निर्देशनालयका अनुसार काठमाडाँैमा एक सय २३ र रसुवामा पाँचवटा परीक्षा केन्द्र तोकिएको छ । शान्तिपूर्णरूपमा परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको तथा परीक्षा तालिकाअनुसार भोलि चैत १७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए । प्रशनपत्र नजिकको प्रहरी चौकी र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्याउने काम भइसकेको तथा सुरक्षाको व्यवस्थासमेत भइसकेको छ ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?