Trending
>>   इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी >>   शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेनन्ः अध्यक्ष दाहाल >>   शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ >>   यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो >>   रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा >>   सामाजिक–आर्थिक विकासका लागि शान्ति आवश्यकः सिपिपी अध्यक्ष सम्देच >>   चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए >>   गाजामा इजरायली आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु >>   वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु >>   आज २०८१ साल पौष २४ गते बुधबार,हेर्नुहोस आजको राशिफल
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

मधेसवासी भन्छन्ः भूकम्पपछि अचानक मौसममा परिवर्तन आयो, हावा चलिरहेको छ


काठमाडौँ। नेपाल—चीन सीमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालभर महशुस गरिएको छ ।

भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा कोशी, मधेस र वागमती प्रदेशका जिल्लाहरुमा महशुस गरिएको थियो । भूकम्पपछि मधेस प्रदेशको मौसम परिवर्तन भएको स्थानीयहरु बताउँछन् । बिहान मौसम अनुकुल भएपनि बिहान भूकम्प गएपछि मधेस प्रदेशमा पौने सात बजेपछि अचानक मौसम परिवर्तन भएको, हावा चलेको र हुस्सुले शहर ढाकेको स्थानीयहरुले बताए । हुस्सु लागेको, पश्चिमबाट हावा चलेको स्थानीयहरु बताउँछन् ।

नेपालमा संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महशुस गरिएको थियो भने झापा, सुनसरी, मोरङ र उदयुपुरमा सामान्य धक्का महशुस गरिएको थियो ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?