Trending
>>   शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेनन्ः अध्यक्ष दाहाल >>   शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ >>   यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो >>   रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा >>   सामाजिक–आर्थिक विकासका लागि शान्ति आवश्यकः सिपिपी अध्यक्ष सम्देच >>   चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए >>   गाजामा इजरायली आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु >>   वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु >>   आज २०८१ साल पौष २४ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

२०२४ मा अफगानिस्तानको व्यापार मात्रा १२ अर्ब अमेरिकी डलर नाघ्यो


काठमाडौँ । सन् २०२४ मा अफगानिस्तानको कुल व्यापारको मात्रा १२ अर्ब अमेरिकी डलरभन्दा बढी भएको छ ।

जसमा वार्षिक रूपमा आयातमा ३८ प्रतिशत वृद्धि र निर्यातमा ४ प्रतिशतले कमी आएको छ । अफगानिस्तानको सामानको कुल व्यापार २०२४ मा १२.४२ बिलियन डलर थियो । जसमा देशको निर्यात मात्रा १.८ बिलियन डलर पुगेको थियो । जबकि आयातित सामान करिव १०.६ बिलियन डलरको थियो ।

सन् २०२४ मा अफगानिस्तानबाट इरान, कजाकिस्तान, उज्वेकिस्तान र संयुक्त अरब इमिरेट्सको निर्यात दोब्बर भएको बताएका छन् । कृषि उत्पादनहरू, प्रशोधित खाद्य वस्तुहरू, कपडाहरू, छाला, विद्युतीय सामग्री र निर्माण सामग्रीहरू अफगान आयातकर्ताहरूमा सबैभन्दा बढी माग गरिएका सामानहरू हुन् ।

यसैबीच, अफगानिस्तानको मुख्य निर्यातमा कोइला, केसर, ताजा र सुक्खा फलफूल, हातले बुनेको गलैंचा, बहुमूल्य र अर्ध बहुमूल्य पत्थरहरू पर्छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?