Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

साताको अन्तिम दिन दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक


१६ चैत्र, काठमाडाैँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ ।

सेन्सेटिभ इन्डेक्स एक दशमवल ६६ अङ्कले घटेर तीन सय ५९ दशमवल ४८ बिन्दुमा पुगेको छ । आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने दुई उपसमूहको शेयर मूल्य बढेको छ ।

बैंकिङ उपसमूह शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ४४, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ८०, लगानी शून्य दशमलव ५७, जीवन बीमा शून्य दशमलव ३६, उत्पादन शून्य दशमवल ७९, लघुवित्त शून्य दशमलव ९४, निर्जीवन बीमा शून्य दशमलव ०१, अन्य एक दशमलव ११ र व्यापार उपसमूह शून्य दशमवल २२ अङ्कले गिरावट आएको छ । होटल तथा पर्यटन शून्य दशमलव ५० र सामूहिक लागनी कोष शून्य दशमलव ४२ अङ्कले बढेको छ ।

आज विभिन्न कम्पनीका २७ लाख ५० हजार छ सय ५५ कित्ता शेयर रु ८९ करोड ९५ लाख ३२ हजार एक सय ३९ मा खरिदबिक्री भएका छन् । आज सुपरमाइ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । यस्तै सिटिजन म्युचुअल फण्ड ६ दशमवल ८१, कालिञ्चोक दर्शन लिमिटेड ६ दशमलव ०८, आरएसडिसी लघुवित्त वित्तीय संस्था २ दशमलव ५७ र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य दुई दशमलव ४१ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य छ दशमलव ०७, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ८६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड –१ तीन दशमलव ८२, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था तीन दशमलव ७१ र विशाल बजार कम्पनीको शेयर मूल्य तीन दशमलव ६४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको रु पाँच करोड ५८ हजार, हिमालयन डिष्टिलरीको रु तीन करोड १२ लाख ३६ हजार, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख १२ हजार, एनआइसी एसिया बैंकको रु दुई करोड १३ लाख ५७ हजार र नविल बैंकको रु दुई करोड चार लाख ५३ हजार बराबरको शेयर कारोबार भएको छ ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?