Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

देउवा-आरजुको हेपाइ सहन नसकेको भन्दै स्वर्णीम वाग्लेले छोडे कांग्रेस


१६ चैत्र, काठमाडाैँ । अर्थविद् डा‍. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । उनले बिहीबार कांग्रेस नेताहरूलाई पत्र पठाएर पार्टी परित्याग गरेको जानकारी गराएका छन् ।

आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा अर्को पार्टीबाट चुनाव लड्ने तयारी गरेसँगै उनले पार्टी परित्याग गरेको चर्चा छ ।

पार्टीप्रतिको सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका छन् । ‘काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’ उनले पत्रमा लेखेका छन् ।

उनी आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरेको बुझिएको छ ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?