Trending
>>   माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने >>   भन्सार छली गरी लैजान लागेको ६१ ग्राम सुन सहित एकजना पक्राउ >>   आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा र छोरी पक्राउ >>   प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न दुई जना पक्राउ >>   सहकारी ठगी भन्ने मुद्दा नै हुँदैन, कसरी रविलाई अभियोग? >>   चीन केन्द्रबिन्दु भएर गएको भुकम्पबाट कति भयाे नेपालमा क्षति ?(विवरणसहित) >>   अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक >>   खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाईः कार्यकारी अध्यक्ष अधिकारी >>   नेपाल वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छः पर्यटनमन्त्री पाण्डे >>   वायुसेवा निगम सुधारका लागि तत्काल नयाँ कदम चाल्न सरकारलाई सांसदहरुको सुझाव
Logo
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

टर्कीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह


काठमाडौँ । टर्कीका विदेशमन्त्री हाकान फिदानले टर्किएले सिरियाको पुनर्निर्माण प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय रूपमा आग्रह गरिरहेको बताएका छन् ।

अनाटोलियन क्षेत्रमा अवस्थित निग्दे प्रान्तमा भएको बैठकमा बोल्दै फिदानले सिरियामाथि लगाइएको प्रतिवन्ध हटाउन र देशलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने टर्किएको जारी प्रयासलाई प्रकाश पारेका छन् ।

मन्त्रीले टर्किएले यस क्षेत्र र छिमेकी देशहरूमा शान्ति र स्थायित्व खोजेको बताए । आफ्नो विदेश नीति र प्रयासहरू यही लक्ष्यमा केन्द्रित रहेको उनको दाबी छ ।

फिदानले युद्धग्रस्त देशको आर्थिक सुधारलाई बढावा दिन व्यापार प्रतिवन्ध र सम्पती फ्रिजसहित सिरियामा लगाइएको प्रतिवन्धहरू हटाउन पनि आह्वान गरेका छन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?