Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

सहकारी ठगी भन्ने मुद्दा नै हुँदैन, कसरी रविलाई अभियोग?


  • वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको बहस : कसको आदेशमा लगाइयो रविलाई पूरक अभियोग? ‘अहिले पूरक अभियोग दायर गरिएको छ। मुख्य अभियोगमा एउटा थप अभियोग र अर्को पूरक अभियोग दायर गरिएको हो। रवि लामिछानेलाई लगाइएको पूरक अभियोग हो। पूरक अभियोग दायर गर्दा उच्च सरकारी वकिल कार्यालयले आदेश दिएको हुनुपर्छ। तर यहाँ आदेश दिएको पनि देखिँदैन श्रीमान। यसको प्रक्रिया नै मिलेको छैन।’ ‘सहकारी ठगी भन्ने मुद्दा नै हुँदैन। सहकारी कसुर हुन्छ। ठगी भन्नासाथ होस् ठेगानमै भएको मान्छेलाई झुक्याइ, भ्रममा पारी सम्पत्ति लिने, खाने नियतले गरेको भन्ने हो। रवि लामिछानेले कसलाई ठग्यो? सहकारीबाट पैसा लाने जिबी हुन्’, श्रेष्ठले भने।

प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?