Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपाल वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छः पर्यटनमन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका छन् । उनले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भएपनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले निगमले भएका वाइडबडी र न्यारोवडी समेत सञ्चालन गर्न नसक्नु असक्षमता भएको संकेत गरे । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहकले नेपालको हवाई उडानलाई बिस्तार र हवाई टिकट सर्वसुलभ(सस्तो) बनाउनुपर्ने भुमिकामा समेत हस्तक्षेप गर्न नसकेको बताएका छन् ।

उनले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको बताए । उनले सरकारले पटक–पटक नेपाल एयरलाइन्ससँग निगमलाई बलियो बनाउने विषयमा छलफल गरेको बताएका छन् ।

उनले निगममा रहेका जहाज खरिद गर्दादेखि विभिन्न विवादहरु र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजिमा लागेको बताएका छन् ।

उनले भने ,‘ नेपालको हवाई उडानलाई विस्तार र हवाई टिकट सर्वसुलभ(सस्तो) गर्ने हो भने राष्ट्रिय ध्वजावाहक बलियो र सुदृढ हुनुपर्छ । राष्ट्रिय ध्वजावाहक बलियो भने मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडालाई नियन्त्रण गर्ने अवस्था आउँछ । अन्तर्राष्ट्रिय उडानको हवाई भाडा पनि धेरै बढ्न नदिने र हवाई भाडाँ नियन्त्रण र सन्तुलनामा राख्ने अवस्था नेपाल एयरलाइन्सले गर्न सक्दो रहेछ । त्यसको लागि के गर्न सकिन्छ भनेर पटक–पटक नेपाल एयरलाइन्ससँग छलफल भएको छ । तर विभिन्न समस्याहरु देखिएका छन् । जसमा जहाज खरिद गर्दादेखि विभिन्न विवादहरु र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटि र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजीमा लागेका छौं । पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई एक महिनाको समय दिएका छौं । एक महिनाभित्र सुधारको कार्ययोजना प्रश्तुत गर्नुस् । सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधारको लागि के सोच्नुभएको छ भनेर सोधिरहेका छौं । वाइडबडी सि चेकमा पठाउन नसकिएको कारणले नचल्ने न्यारोबडी पनि सि चेक नहुने अवस्था छ । यसले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुन थाल्यो । त्यसको लागि के गर्ने भन्ने सुझावहरु आइरेका छन् ।’

उनले पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई सुधारको कार्ययोजना प्रश्तुत गर्न एक महिनाको समय दिएको बताए । उनले सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधार प्रश्तुत गर्न समेत भनिएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?