Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक


काठमाडौँ । नेकपा (एमाले) को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ ।

आईतवारदेखि शुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिए ।

उनले बैठकमा काँग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निस्कर्ष निकालेको समेत बताए । बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्र्दभमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत बताएका छन् ।

उनकाअनुसार सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम सफल होस् भन्ने कामना गरेका छन् ।

उनले विगत तीन दशकमा सशस्त्र द्वन्द्व, कोरोना महामारी र नाकाबन्दीका बाबजुद मुलुकले प्राप्त गरेका उपलब्धीहरु महत्वपूर्ण भएपनि समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ भएर अघि बढ्ने संकल्प बैठकले लिएको बताएका छन् ।

उनले ‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि आत्मविश्वासका साथ बढ्ने र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरण गर्ने अभियानमा सहभागि हुन सबैलाई आह्वान गरिएको समेत बताए ।

बैठकका निर्णयहरु सुनाउँदै उनले भने , ‘नेकपा (एमाले)को केन्द्रिय कमिटिको बैठक आज सम्पन्न हुने क्रममा रहेको छ । तीन दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र पार्टी महासचिव शंकर पोखरेलले प्रश्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन पारित भएको छ । त्यसमा रहेका विभिन्न १४ वटा महत्वपूर्ण प्रश्तावहरु पारित गर्दै आजको बैठक समापनतर्फ गैसकेका छौं । मुलतः राजनीतिक, समसामयिक प्रस्तावहरुमा हामीले नेपाली काँग्रेस एमाले नेतृत्वको सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको, प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा सात दल समावेश भएको सरकारले केही महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको तथा पार्टीले गर्नुपर्ने केही महत्वपूर्ण कामहरु सुशासन, डेलिभरीका सन्दर्भमा सरकारलाई यथेष्ठ सुझाव तथा सल्लाह दिएको छ । र सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाउँदै यस एतिहासिक सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम गर्न सफल होस् भन्ने बैठकले कामना गरेको छ । दोस्रो, लामो सशस्त्र द्वन्द्व र लामो संक्रमण काल, भूकम्प महामारीको बीचमा विगत तीन दशकमा हामीले प्राप्त गरेका उपलब्धीहरु महत्वपूर्ण छन् । यद्यपी आज पनि सुस्त विकास, न्युन आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भता जस्ता चुनौतिहरु विद्यमान छन् । यसलाई राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ संकल्प बन्नुपर्छ र समृद्ध नेपाल र सुखि नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्नका निम्ति बलियो आत्मविश्वासका साथ हामी अगाडि बढ्नुपर्छ र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरण गर्ने अभियानमा सहभागि हुन हामीले सबैलाई आह्वान गरेका छौं । त्यसैगरी, स्वदेशभित्र अवसर नदेखेर अथवा भएको अवसर सदुपयोग गर्न नसकेर युवाहरुको युवाहरुको प्रवाशनबारे नेकपा एमाले चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौं भनेर हुटहुटी बोकेका युवाहरुलाई प्रोत्साहन, सहयोग गर्ने निर्णय समेत भएको छ ।’

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा रोखेका थिए । राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएका थिए ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?