Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वायुसेवा निगम सुधारका लागि तत्काल नयाँ कदम चाल्न सरकारलाई सांसदहरुको सुझाव


काठमाडौँ । नेपाल वायुसेवा निगमलाई व्यवस्थित र बलियो बनाउनको लागि सरकारले तत्काल नयाँ कदम चाल्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो सुझाव दिएका हुन् । सांसदहरुले निगममा सधै पुरानै समस्याहरु देखाएर सुधारबाट पछाडि हट्न नहुने बताए । उनीहरुले सरकारले निगमलाई सुधार गरी बलियो बनाउनको लागि निगमको सम्पूर्ण व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने बेला भएको बताएका छन् ।

सांसदहरुले निगम सञ्चालन भएको लामो इतिहास हेर्दा पनि मुनाफामा गएको नदेखिएको धारणा राखे । सरकारले अहिलेकै प्रणालीमा केही वर्ष चल्ने की थप निगमलाई बिग्रन दिने विषयमा तत्काल कदम चल्न जरुरी रहेको सांसदहरुको सुझाव छ ।

नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले वायुसेवा निगम सुधारको लागि सरकारले ठोस निर्णय गर्न आवश्यक रहेको बताएका छन् । उनले तत्काल ठोस निर्णय नगरे निगमको आम्दानीमा समेत झन बिग्रदै जाने अवस्था देखिएको बताएका छन् ।

सांसद जबराले निगम अहिलेकै अवस्थामा चल्न दिने हो भने भविष्यमा निगमका सबै जहाज ग्राउण्डेट हुने अवस्था देखिएको जिकिर गरेका छन् । उनले निगम सुधारको लागि सरकारसँग लामो समय नभएको बताए । उनले सरकार निगममा साना–साना काम नभएको भन्दै ३० औं वर्ष अड्किएकाले सम्पूर्ण व्यवस्थापन प्रणालीमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले व्यवस्थापकीय क्षमता कमजोर भएकाले निगमको अवस्था दयनीय भएको बताए । उनले नेपाल वायुसेवा निगमको वर्तमान व्यस्थापनको व्यवस्थापकीय क्षमता कमजोर देखिएको बताए । उनले नेपाल वायुसेवा निमगको सुधार गर्न ढिला भएकाले सरकारले तत्काल ठोस निर्णय गर्न आवश्यक रहेको बताएका छन् ।

उनले निगम सञ्चालनमा कम्पनी मोडलमा जाने लगायतका विषयहरु उठान भएकाले तत्काल कम्पनीमा जान नहुने बताए । उनले निगमलाई कम्पनीमा लैजान खोज्नु गलत भएको बताए । निगमलाई निजीकरण पनि गर्न नहुने विगतका सरकारी उद्योगहरु निजीकरण भएको उदाहरण देखिएको बताए । उनले सरकारले व्यवस्थापन गर्न ढिला गर्न नहुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले वर्तमान सरकारले वायुसेवा निगम सुधारको लागि कठोर निर्णय गर्न सक्नुपर्ने बताए । उनले वायुसेवा निगम रुपान्तरणको बोटो जानुपर्ने बताए । उनले निगममा १८ सय बढी कर्मचारी आवश्यक नभएको बताए । उनले मन्त्रीहरुको कारण निगमले कर्मचारीको भार कति भोग्नुपरेको छ भन्ने विषयमा अध्यक्षले जानकारी दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर ज.ब.रा.ले निगमलाई बलियो बनाउनको लागि जहाज वृद्धि गर्नुपर्ने बताएका छन् । उनले चार वटा विमानले समग्र मुलुकको पर्यटन क्षेत्रलाई असर पारेको बताए । उनले दुई वर्षदेखि विमान थप गर्ने भनिए पनि अहिलेसम्म किन खरिद गर्न नसकेको ? भन्दै प्रश्न गरे । उनले विनियमावली सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

उनले निगमको व्यवस्थापनले विनियमावलीलाई देखाएर काम गर्न नखोजेको देखिएको बताए । उनले निगम व्यवस्थापनको विषयमा पनि सरकारले विचार गर्न आवश्यक देखिएको बताए । उनले निगमको व्यवस्थापन नयाँ ढङ्गमा नगएसम्म सुधार हुने अवस्था नदेखिएको भन्दै सरकारले तत्काल नयाँ कदम चाल्न सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद हितबहादुर तामाङले वायुसेवा निगमको वर्तमान नेतृत्वबाट निगम सुधारको अपेक्षा गर्न नसकिने बताए । उनले जहाज मर्मतदेखि अन्य विषयमा समेत वर्तमान नेतृत्वको असक्षमता देखिएको बताए । उनले जहाजको सि चेक गर्न समेत समयमा नसक्ने नेतृत्व आवश्यक नभएको बताएका छन् ।

उनले निगमको नेतृत्वको नियमनकारी निकायसँग राम्रो सम्बन्ध नहुँदा पनि समयमा काम नभएकोे बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवीप्रकाश भट्टचनले सरकारले तत्काल ठोस निर्णय गरे मात्रै निगम बच्नसक्ने धारणा राखेका छन् । उनले सरकारले निगम सुधारको लागि लिने निर्णय ढिलो गर्‍यो भने निगम बचाउन गाह्रो हुने बताए । उनले निगमको १ सय अर्बको सम्पतीमा ५२ अर्ब ऋण रहेकाले विदेशी कम्पनी निगममा लगानी गर्न नआउने बताएका छन् ।

उनले विदेशी कम्पनीको लगानी ल्याउने भन्नु समय बिताउने खेल मात्रै हुने बताए । उनले स्वदेशी लगानीकर्ताले लगानी गर्नसक्ने सम्भवाना रहेको भन्दै ऋणलाई इक्विटीमा परिणत गर्नसक्ने अवस्था रहेको बताएका छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?