Trending
>>   भूकम्प गएको एक घन्टामै ७ परकम्प ! >>   एमाले केन्द्रीय कमिटी बैठक बस्दै >>   आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै >>   भूकम्पको केन्द्रबिन्दु चीन , ७ म्याग्निच्युडको गएको पुष्टि >>   आज २०८१ साल पौष २३ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   काठमाडौंमा भूकम्पको धक्का >>   चरम सीमामा वन्यजन्तु-मानव सम्बन्ध >>   रविलाई मुद्दा चलाउने बित्तिकै फेरिए काठमाडौंका सीडीओ ! >>   ३ पटक ताज महल बेचेर पनि मलाई केही थाहा छैन भन्दै बारबार बचेका नटवरलाल… >>   प्रिय सांसद सोविता, यो लडाइँमा तपाईं हार्नु नपरोस् !
Logo
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

युनको पक्राउमा अवरोध गरेको भन्दै राष्ट्रपति सुरक्षा प्रमुखबिरुद्ध मुद्दा दायर


काठमाडौँ । दक्षिण कोरियाको संयुक्त अनुसन्धान इकाईले राष्ट्रपति युन सुक–योलको पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएका छन् ।

उच्च पदस्थ अधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ), राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) र रक्षा मन्त्रालयको अनुसन्धान मुख्यालय सम्मिलित अनुसन्धान इकाईका एक अधिकारीले इकाईले प्रमुख र उपप्रमुखलाई पेश गरेका थिए ।

अधिकारीले सुरक्षा प्रमुख र उपप्रमुखलाई युनलाई पक्राउ गर्न वारेन्टको कार्यान्वयनमा अवरोध गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएका छन् ।

सीआईओ अन्वेषकहरू र प्रहरी अधिकारीहरूको समूहले शुक्रवार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए । तर उनीहरूले सयौं सुरक्षा सेवा एजेन्टहरू र सिपाहीहरूसँग करिव साढे पाँच घण्टासम्म सामना गरेका थिए ।

युन विरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभाले पारित गरेका थिए । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाएका छन् । जुन अवधिमा युनको राष्ट्रपतिको शक्ति निलम्वित छ ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?