Trending
>>   रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा >>   सामाजिक–आर्थिक विकासका लागि शान्ति आवश्यकः सिपिपी अध्यक्ष सम्देच >>   चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए >>   गाजामा इजरायली आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु >>   वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु >>   आज २०८१ साल पौष २४ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने >>   भन्सार छली गरी लैजान लागेको ६१ ग्राम सुन सहित एकजना पक्राउ >>   आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा र छोरी पक्राउ >>   प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न दुई जना पक्राउ
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै


काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ ।

पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

परम्पराअनुसार मङ्गलबार रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनले बताए । उनका अनुसार उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने गरेको धार्मिक विश्वाससमेत रहेको छ ।

यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?