Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

युनको पक्राउमा अवरोध गरेको भन्दै राष्ट्रपति सुरक्षा प्रमुखबिरुद्ध मुद्दा दायर


काठमाडौँ । दक्षिण कोरियाको संयुक्त अनुसन्धान इकाईले राष्ट्रपति युन सुक–योलको पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएका छन् ।

उच्च पदस्थ अधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ), राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) र रक्षा मन्त्रालयको अनुसन्धान मुख्यालय सम्मिलित अनुसन्धान इकाईका एक अधिकारीले इकाईले प्रमुख र उपप्रमुखलाई पेश गरेका थिए ।

अधिकारीले सुरक्षा प्रमुख र उपप्रमुखलाई युनलाई पक्राउ गर्न वारेन्टको कार्यान्वयनमा अवरोध गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएका छन् ।

सीआईओ अन्वेषकहरू र प्रहरी अधिकारीहरूको समूहले शुक्रवार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए । तर उनीहरूले सयौं सुरक्षा सेवा एजेन्टहरू र सिपाहीहरूसँग करिव साढे पाँच घण्टासम्म सामना गरेका थिए ।

युन विरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभाले पारित गरेका थिए । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाएका छन् । जुन अवधिमा युनको राष्ट्रपतिको शक्ति निलम्वित छ ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?