Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

युनको पक्राउमा अवरोध गरेको भन्दै राष्ट्रपति सुरक्षा प्रमुखबिरुद्ध मुद्दा दायर


काठमाडौँ । दक्षिण कोरियाको संयुक्त अनुसन्धान इकाईले राष्ट्रपति युन सुक–योलको पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएका छन् ।

उच्च पदस्थ अधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ), राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) र रक्षा मन्त्रालयको अनुसन्धान मुख्यालय सम्मिलित अनुसन्धान इकाईका एक अधिकारीले इकाईले प्रमुख र उपप्रमुखलाई पेश गरेका थिए ।

अधिकारीले सुरक्षा प्रमुख र उपप्रमुखलाई युनलाई पक्राउ गर्न वारेन्टको कार्यान्वयनमा अवरोध गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएका छन् ।

सीआईओ अन्वेषकहरू र प्रहरी अधिकारीहरूको समूहले शुक्रवार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए । तर उनीहरूले सयौं सुरक्षा सेवा एजेन्टहरू र सिपाहीहरूसँग करिव साढे पाँच घण्टासम्म सामना गरेका थिए ।

युन विरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभाले पारित गरेका थिए । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाएका छन् । जुन अवधिमा युनको राष्ट्रपतिको शक्ति निलम्वित छ ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?