Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत


काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो आएको बताएका छन् ।

काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरु मेट्न वरिष्ठ अधिवक्ताहरुले संकल्प गर्नुपर्ने बताए ।

उनले इच्छा र संकल्प लिएको खण्डमा असम्भव केही नरहेको बताए । उनले अधिवक्ताहरु पथप्रदर्शक हुनुपर्ने पनि बताए । उनले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुट्याउन आग्रह गरे । उनले आम नागरिकहरुबाट पाएको आशिर्वाद वरिष्ठ अधिवक्ताको उपाधि भन्दा ठूलो हुने बताएका छन् ।

प्रधानन्यायाधीश राउतले भने , ‘वरिष्ठहरुलाई मैले भन्नुपर्ने र मेरो अपेक्षा रहेको कुरा के छ भने असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो छ । न्यायसँग एक्सेस नै हुन सकेन भन्ने जनगुनासो छ । यस्तो गुनासोहरुलाई मेट्न, हटाउन तपाईंहरुले संकल्प गर्नुभयो र इच्छा गर्नुभयो भने त्यो असम्भव छैन । तपाईंहरु इण्डिसिएटर हुनुस् । तपाईंहरु पथप्रदर्शक हुनुपर्छ । तपाईंहरु समाजका कुरा बुझेका, जानेका र व्यहोरेका अगुवा पनि हो । तपाईंहरु प्रवुद्ध त हुँदै हो, वकालत त वरिष्ठज्युहरुले जिन्दगीभर गर्नुहोला नि त्यो गर्न पाइन्छ । तर अलिअलि समय, अलिहलि ज्ञान, क्षमता असहाय, विपन्न र कमजोरका लागि छुट्याइदिनुस् न । म तपाईंहरुलाई नम्रतापूर्वक अनुरोध गर्दछु । मैले यसै भनेको छैन, यसले मान्छेहरुबाट तपाईंहरुले ब्लेसिङ पाउनु हुन्छ, त्यो भनेको त्यो तपाईंहरुको उपाधि भन्दा ठूलो कुरा हो । त्यस्तो पवित्र कुरालाई यो एउटा अवसरको रुपमा उपयोग गर्नुपर्छ ।’

प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्वकांक्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरुले मद्दत गरे उद्देश्य पूरा हुने दाबी गरेका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?