Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

समाजवादी विचारधाराको विकासमा माओवादी नेताहरुको जोड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अधिकांश स्थायी कमिटी सदस्यहरुले समाजवादी विचारधाराको विकास, समाजवादी अर्थ, शिक्षा, स्वास्थ्य, बजार, औद्योगिक नीतिमा जोड दिएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले समाजवादी विचारधाराको विकास, समाजवादी अर्थ, शिक्षा, स्वास्थ्य, बजार, औद्योगिक नीतिमा जोड दिन पार्टी नेतृत्वलाई दबाब दिएका हुन् ।

पार्टीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्त अग्निप्रसाद सापकोटाले बैठकमा आज ३० जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राख्नुभएको जानकारी दिएका छन् ।

उनले २१ गतेदेखि बस्ने केन्द्रिय समितिको बैठकलाई बढी व्यवस्थित, प्रभावकारी बनाउन जोड दिएको बताए । उनले सामसामयिक परिस्थिति, पार्टी रुपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा आफ्ना धारणा राख्नुभएको पनि बताएका छन् ।

उनले भने , ‘बैठक भोलि २ बजे बस्नेगरी स्थगित भएको छ । आज ३० जना स्थायी समितिका सदस्य कमरेडहरुले बोल्नुभएको छ । बोल्ने कमरेडहरुले अध्यक्ष कमरेडहरुले मौखिक रुपमा २१ गते प्रश्तुत गर्ने प्रतिवेदनको सारसंक्षेप भन्नुभएको थियो । त्यसमा २१ गतेदेखि बस्ने केन्द्रिय समितिको बैठकलाई बढी व्यवस्थित, प्रभावकारी बनाउन र सारभुत रुपमा सफल पार्न सबै कमरेडहरुले गहन, गम्भीर सुझाव दिनुभएको छ । सामसामयिक परिस्थिति, पार्टी रुपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा आफ्ना धारणा राख्नुभएको छ । समाजवादी विचारधाराको विकास, समाजवादी अर्थ, शिक्षा, स्वास्थ्य, बजार, औद्योगिक नीतिको बारेमा सबै कमरेडहरुले जोड दिएको छ ।’

प्रवक्ता सापकोटाले पूर्वपश्चिम लोकमार्गमा आधारित भएर र हुलाकी राजमार्गमा आधारित भएर अभियान सञ्चालन गर्नेकुरामा पनि जोड दिइएको बताएका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?