Trending
>>   रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन >>   रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार छः मुख्यमन्त्री सिंह >>   सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने >>   विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ >>   नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक जारी >>   इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का >>   आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने सरकारको तयारी >>   एमाले केन्द्रिय कमिटी बैठक जारी >>   नेकपा एमाले केन्द्रिय कमिटी बैठक (तस्बिरहरु) >>   नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न माओवादी नेताहरुको सुझाव
Logo
२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

विश्वविद्यालय भित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छः शिक्षामन्त्री भट्टराई


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय भित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् ।

शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

उनले विश्वविद्यालय भित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताईन् । उनले अब विश्वविद्यालय कस्तो हुने ? भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने बताएकि छिन् ।

उनले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताईन् । अहिलेको ड्राफ्टमा नआएको भएपनि समितिले छलफल गरेर अघि बढाउनसक्ने बताएकी छिन् ।

शिक्षामन्त्री भट्टराईले भनिन् , ‘विश्वविद्यालय भित्र भएको अहिलेको जुन खालको एउटा दलीय प्रभाव छ, त्यो प्रभावलाई, त्यो दबाबलाई अन्त्य गर्नेगरी यो ऐन बनाउने कुरामा सोचौँ भन्छु म । किनभने केही न केही ऐनमा व्याख्या गर्‍यो भने जस्तो हामीले नेपाल विश्वविद्यालयमा शिक्षाविद् भनेको को हो ? भन्नेकुराको परिभाषा गर्‍यौँ । अहिले हामीलाई शिक्षाविद् खोज्नुपर्‍यो भने नेपाल विश्वविद्यालयको ऐन हेर्दा पुग्यो । त्यो ऐनमा जे लेखेको छ, त्यसको आधारमा शिक्षाविद्को परिभाषा गर्नसक्छौँ । विश्वविद्यालयको ऐन किन स्वायत्त छ भन्दा उसको परिभाषालाई अरु ऐनमा पनि हामी धेरै कुराहरु परिभाषित गर्नसक्छौँ । यसकारण स्वायत्त मान्छौँ हामी । अब विश्वविद्यालय कस्तो हुने ? त्यहाँ हुने जस्ता खालका गतिविधिहरु छन्, खासगरी म त त्यसलाई राजनीतिक भन्दिन, अराजनीतिक गतिविधिहरु छन्, त्यो अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्नेकुरा यो ऐनमा व्याख्या गरौँ । जुन कुरा यो ड्राफ्टमा आएको छैन । त्यसको लागि समितिलाई म अनुरोध गर्न चाहन्छु ।’

मन्त्री भट्टराईले विश्वविद्यालय भित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?