Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न माओवादी नेताहरुको सुझाव


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरुले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका छन् ।

आईतवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्यहरुले यस्तो सुझाव दिएका हुन् । संगठनात्मक सिद्धान्तको बारेमा बैठकमा छलफल हुँदा अधिकांश सदस्यहरुले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाइ नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न जरुरी रहेको बताए । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले युवाहरुलाई प्रशिक्षित र संगठित गर्नेबारेमा पनि सुझाव आएको बताएका छन् ।

उनले भने , ‘केन्द्रिय समितिको बैठकमा अध्यक्षले अहिलेको समसामयिक, राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । त्यसपछि प्रदेशका अध्यक्षहरुले सबै प्रदेशबाट रिपोर्टिङ गर्नु हुनेछ । त्यसपछि अध्यक्षले राजनीतिक प्रश्ताव पेश गर्नुहुनेछ । संगठनात्मक सिद्धान्तको बारेमा पनि छलफल भएको छ । आधारभुत रुपमा त हामीले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाउछौ । तर अहिले पनि पहिला विकास गरेको कुरामा आमुल परिवर्तन भएको छ । विज्ञान, प्रविधि लगायतका क्षेत्रमा, अन्य क्षेत्रमा पनि प्रविधिको विकास भइरहेको छ । युवाहरुलाई प्रशिक्षित गर्ने, संगठित गर्ने, यि विषयदेखि लगायत विज्ञान र प्रविधिको सबैकुरा विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ ।’

माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक आन नै काठमाडौंको एक होटलमा बस्दैछन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?