Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक रहेको बताएका छन् ।

आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ गर्ने विद्यार्थीले स्थलगत रुपमा जलविद्युत आयोजनाको अध्ययन गर्दा थप प्रवभाकारी हुने बताए ।

उनले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई जलविद्युत आयोजनाहरुमा लगेर अध्ययन गराउन सकिने बताए । उनले जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको भन्दै त्यहीअनुसार जनशक्ति आवश्यक रहेको बताएका छन् ।

उनले पछिल्लो समय जलविद्युत आयोजनामा मर्मतसम्भार गर्न जनशक्तिको अभाव देखिएको बताए । उनले मुलुकलाई आवश्यक जनशक्तिहरुका लागि मुलुकभित्रै अध्ययन अध्यापन गराउन सक्नुपर्ने बताए ।

उनले इन्जिनियर विद्यार्थीलाई स्थलगत रुपमा इन्टर्नसिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको बताए । स्थलगत अध्ययनउहाँले क्याम्पसमा अध्ययन गर्दा क्याम्पसमा भन्दा बढी ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने ,‘जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको छ । तर जनशक्ति कस्तो छ भन्दा जलविद्युत आयोजनामा ट्रमाइनहरु मर्मत गर्ने बेलामा जनशक्तिको असाध्यै अभाव देखियो । धेरै विद्यार्थीहरु क्याम्पसबाट निस्कँदा देश निर्माणमा लागेको जनशक्तिका रुपमा लिन्छौं । मुलुकलाई आवश्यक कुराहरुमा मुलुकभित्रै अध्ययन अध्यापन गराउन सकियो भने अरुको भर पर्नु पर्दैन । हामीलाई रोजगारी पनि सिर्जना हुन्छ । मन्त्रालयले के सोचिरहेको छ भने इन्जिनियर साथीहरुलाई स्थलगत रुपमा तालिम इन्टर्नशिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको छ । स्थलगत रुपमा गएर अध्ययन गर्‍यो भने क्याम्पसमा अध्ययन गरेको भन्दा बढी ज्ञान हासिल गर्न सक्छन् । त्यसले मुलुकलाई ठूलो सहयोग पुग्ने छ । जलविद्युतमा काम गर्ने हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने अवस्थामा पुगेका छौ । विद्युतलाई कन्ट्रोल,चुहावट कसरी रोक्ने भन्ने नयाँ प्रविधिहरु आएका छन् । त्यसको प्रयोगबाट आन्तरिक खपत बढी भन्दा बढी गर्ने र बाँकी विद्युत विदेश निर्यात गरेर ठूलो आयआर्जन गर्न सकिन्छ ।’

उनले हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने अवस्थामा मुलुक पुगेको बताए । उनले विद्युत चुहावट रोक्ने नयाँ प्रविधिहरु विकास भएको बताएका छन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?