Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

विश्वविद्यालय भित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छः शिक्षामन्त्री भट्टराई


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय भित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् ।

शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

उनले विश्वविद्यालय भित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताईन् । उनले अब विश्वविद्यालय कस्तो हुने ? भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने बताएकि छिन् ।

उनले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताईन् । अहिलेको ड्राफ्टमा नआएको भएपनि समितिले छलफल गरेर अघि बढाउनसक्ने बताएकी छिन् ।

शिक्षामन्त्री भट्टराईले भनिन् , ‘विश्वविद्यालय भित्र भएको अहिलेको जुन खालको एउटा दलीय प्रभाव छ, त्यो प्रभावलाई, त्यो दबाबलाई अन्त्य गर्नेगरी यो ऐन बनाउने कुरामा सोचौँ भन्छु म । किनभने केही न केही ऐनमा व्याख्या गर्‍यो भने जस्तो हामीले नेपाल विश्वविद्यालयमा शिक्षाविद् भनेको को हो ? भन्नेकुराको परिभाषा गर्‍यौँ । अहिले हामीलाई शिक्षाविद् खोज्नुपर्‍यो भने नेपाल विश्वविद्यालयको ऐन हेर्दा पुग्यो । त्यो ऐनमा जे लेखेको छ, त्यसको आधारमा शिक्षाविद्को परिभाषा गर्नसक्छौँ । विश्वविद्यालयको ऐन किन स्वायत्त छ भन्दा उसको परिभाषालाई अरु ऐनमा पनि हामी धेरै कुराहरु परिभाषित गर्नसक्छौँ । यसकारण स्वायत्त मान्छौँ हामी । अब विश्वविद्यालय कस्तो हुने ? त्यहाँ हुने जस्ता खालका गतिविधिहरु छन्, खासगरी म त त्यसलाई राजनीतिक भन्दिन, अराजनीतिक गतिविधिहरु छन्, त्यो अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्नेकुरा यो ऐनमा व्याख्या गरौँ । जुन कुरा यो ड्राफ्टमा आएको छैन । त्यसको लागि समितिलाई म अनुरोध गर्न चाहन्छु ।’

मन्त्री भट्टराईले विश्वविद्यालय भित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?