Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

टर्किएले २०२४ मा समुन्द्रमा ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोक्यो


काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार टर्किएले सन् २०२४ मा आफ्नो समुन्द्र हुँदै युरोपेली देशहरूमा प्रवेश गर्ने प्रयास गर्ने ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोकेको बताएका छन् ।

टर्की कोस्ट गार्डले आफ्नो वेबसाइटमा २०२४ मा सबै टर्की समुन्द्रहरूमा २ हजार ११ अनियमित माइग्रेसन घटनाहरू भएको जनाएको छ । अगस्टमा २४५ मामिलाहरूमा उच्चतम संख्या रिपोर्ट गरिएको बताएका छन् ।

४५ आप्रवासीहरूले ज्यान गुमाएका छन् । तथ्याङ्कअनुसार गत वर्ष अवैध आप्रवासी र मानव तस्करी नियन्त्रणका लागि जारी प्रयासअन्तर्गत ४८४ संदिग्ध मानव तस्कर पक्राउ परेका छन् ।

जुन सन् २०२३ मा भएको १६९ पक्राउको तुलनामा उल्लेख्य वृद्धि भएको छ । टर्किए हुँदै युरोप पुग्ने प्रयास गर्ने आप्रवासीहरूका लागि एजियन सागर महत्वपूर्ण मार्ग भएको छ । राष्ट्रपतिको सञ्चार निर्देशनालयकाअनुसार टर्किएमा हाल ४० लाखभन्दा बढी आप्रवासीहरू छन् ।

जसमा अधिकांश सिरियाली छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?