Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

माटोको क्षयमा कारबाही गर्न अस्ट्रेलियाली वैज्ञानिकहरूको आह्वान


काठमाडौँ । अस्ट्रेलिया र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहले खाद्य सुरक्षा, किसानको जीविकोपार्जन र ग्रहको जैविक विविधतालाई खतरामा पार्ने माटोको क्षयमा तत्काल कदम चाल्न आह्वान गरेका छन् ।

अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसनले कृषि, वन फँडानी र रसायनको अत्याधिक प्रयोगले स्वस्थ माटोको लगभग ४० प्रतिशत क्षय भएको बताएका छन् । कृषि, वन फँडानी, अत्याधिक चरन र माटोमा रसायनको प्रयोगले गर्दा माटोको क्षय, माटोको लवणता वा अम्लता, उर्वरता घट्ने, कम्प्याक्शन हुने र पानी जम्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

सिड्नी युनिभर्सिटी अफ एग्रीकल्चरका प्राध्यापक एलेक्स म्याकब्राटनीले माटोको स्वास्थ्यका लागि अस्ट्रेलियाका ठूला चुनौतिहरू सूचीवद्ध गरे । जसमा ठूलो क्षरण, अम्लीकरण, कीटनाशकहरूबाट हुने प्रदुषण, साथै माइक्रोप्लास्टिकहरू समावेश छन् ।

अरोरा सोल सेक्युरिटी थिंक ट्याङ्क नामक वैज्ञानिकहरूको समूहले हालै जारी गरेको प्रतिवेदनले माटो सुरक्षालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?