Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

माटोको क्षयमा कारबाही गर्न अस्ट्रेलियाली वैज्ञानिकहरूको आह्वान


काठमाडौँ । अस्ट्रेलिया र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहले खाद्य सुरक्षा, किसानको जीविकोपार्जन र ग्रहको जैविक विविधतालाई खतरामा पार्ने माटोको क्षयमा तत्काल कदम चाल्न आह्वान गरेका छन् ।

अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसनले कृषि, वन फँडानी र रसायनको अत्याधिक प्रयोगले स्वस्थ माटोको लगभग ४० प्रतिशत क्षय भएको बताएका छन् । कृषि, वन फँडानी, अत्याधिक चरन र माटोमा रसायनको प्रयोगले गर्दा माटोको क्षय, माटोको लवणता वा अम्लता, उर्वरता घट्ने, कम्प्याक्शन हुने र पानी जम्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

सिड्नी युनिभर्सिटी अफ एग्रीकल्चरका प्राध्यापक एलेक्स म्याकब्राटनीले माटोको स्वास्थ्यका लागि अस्ट्रेलियाका ठूला चुनौतिहरू सूचीवद्ध गरे । जसमा ठूलो क्षरण, अम्लीकरण, कीटनाशकहरूबाट हुने प्रदुषण, साथै माइक्रोप्लास्टिकहरू समावेश छन् ।

अरोरा सोल सेक्युरिटी थिंक ट्याङ्क नामक वैज्ञानिकहरूको समूहले हालै जारी गरेको प्रतिवेदनले माटो सुरक्षालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?