Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बजारमा घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?


१६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजाररुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार पनि चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?