Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणाः झलनाथ खनाल


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट गरेका भन्दै अब बिआरआई परियोजनाअन्तर्गत नयाँ योजनाहरु ल्याउन सकिने सम्भावनाहरु रहेको बताए ।

उनले अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रश्तावहरु चीनसँग लैजानुपर्ने बताए । उनले ऋण लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्नु थोत्रो र चिन्तन गर्न नस्क्ने, भिजन क्रिएट गर्न नसक्ने अवधारणा रहेको बताएका छन् ।

यस्तो अवधारणा ल्याउनु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुको कुरा मात्रै भएको बताए । देशको आवश्यकताअनुसार आफ्ना परियोजनाहरु बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने , ‘अहिले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट भएको छ । यसपछि हामीले अरु नयाँ योजनाहरु ल्याउन सकिने सम्भवानहरु छन् । ति सम्भावनाहरु जो छन्, तिनालई अझै कम्पिटली केलाएर नेपाल सरकारले हाम्रो देशका बौद्धिक शक्तिको सुझाव लिएर यो देशको हित कसरी हुनसक्छ ? त्यो राष्ट्रिय हितलाई सर्वोपरी राखेर त्यस्ता योजनाहरुको प्रश्तावहरु लगियो भने त्यसले हामीलाई फाइदा पुर्‍याउनसक्छ । यो लोन लिनै हुँदैन, ग्राण्ड मात्रै लिनुपर्छ भन्नेखालका जुन अवधारणाहरु हुन्, यि अवधारणा भनेका आफैँमा थोत्रा अवधारणा हुन् । यो चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने, विषयवस्तुलाई बेनिफिट गरेर बुझ्न नसक्ने र आफ्नै देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा मात्रै हुन् । हामीले देशको आवश्यकता के हो ? त्यसअनुसार आफ्ना परियोजनाहरु बनाएर अघि बढ्न सक्नुपर्छ । त्यसो गर्नसके मात्रै बिआरआईबाट हुनसक्ने फाइदाहरु लिनसक्छौँ ।’

सम्मानित नेता खनालले नेपालमा बिआईआई परियोजनाका बारेमा भ्रमहरु फैल्याइएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जरुरी नरहेको बताएका छन् ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?