Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणाः झलनाथ खनाल


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट गरेका भन्दै अब बिआरआई परियोजनाअन्तर्गत नयाँ योजनाहरु ल्याउन सकिने सम्भावनाहरु रहेको बताए ।

उनले अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रश्तावहरु चीनसँग लैजानुपर्ने बताए । उनले ऋण लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्नु थोत्रो र चिन्तन गर्न नस्क्ने, भिजन क्रिएट गर्न नसक्ने अवधारणा रहेको बताएका छन् ।

यस्तो अवधारणा ल्याउनु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुको कुरा मात्रै भएको बताए । देशको आवश्यकताअनुसार आफ्ना परियोजनाहरु बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने , ‘अहिले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट भएको छ । यसपछि हामीले अरु नयाँ योजनाहरु ल्याउन सकिने सम्भवानहरु छन् । ति सम्भावनाहरु जो छन्, तिनालई अझै कम्पिटली केलाएर नेपाल सरकारले हाम्रो देशका बौद्धिक शक्तिको सुझाव लिएर यो देशको हित कसरी हुनसक्छ ? त्यो राष्ट्रिय हितलाई सर्वोपरी राखेर त्यस्ता योजनाहरुको प्रश्तावहरु लगियो भने त्यसले हामीलाई फाइदा पुर्‍याउनसक्छ । यो लोन लिनै हुँदैन, ग्राण्ड मात्रै लिनुपर्छ भन्नेखालका जुन अवधारणाहरु हुन्, यि अवधारणा भनेका आफैँमा थोत्रा अवधारणा हुन् । यो चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने, विषयवस्तुलाई बेनिफिट गरेर बुझ्न नसक्ने र आफ्नै देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा मात्रै हुन् । हामीले देशको आवश्यकता के हो ? त्यसअनुसार आफ्ना परियोजनाहरु बनाएर अघि बढ्न सक्नुपर्छ । त्यसो गर्नसके मात्रै बिआरआईबाट हुनसक्ने फाइदाहरु लिनसक्छौँ ।’

सम्मानित नेता खनालले नेपालमा बिआईआई परियोजनाका बारेमा भ्रमहरु फैल्याइएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जरुरी नरहेको बताएका छन् ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?