Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

भारतको स्टिल प्लान्टमा आगलागी हुँदा चार जनाको मृत्यु


काठमाडौँ । भारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएका छन् ।

घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल प्लान्टमा भएको हो ।

स्टील प्लान्टका प्रवक्ताले भने ,“घटना उपकरणको विफलताको कारण भएको हो ।”

“हामीले थाहा पाएका छौं कि प्लान्टको एक भागमा कोइला जलाउदा अचानक आगो फैलियो । परिणामस्वरूप आगोले प्लान्टमा लिफ्टमा रहेका चार मजदुरको मृत्यु भयो,” सुरतका पुलिस आयुक्त अनुपम सिंह गहलोतले बताएका छन् ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?