Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मालदार र बद्नाम अड्डाबाट भन्सारलाई रुपान्तरण गर्नेगरी ऐन बनाउनुपर्छः उपसभापति वाग्ले


काठमाडौँ । राष्ट्रिय स्वतन्त्रपार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले मालदार र बद्नाम अड्डाका रुपमा रहेको भन्सार प्रणालीलाई रुपान्तरण गर्नेगरी भन्सार ऐन ल्याउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै उपसभापति वाग्लले यस्तो बताएका हुन् ।

उनले भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्नेमा जोड दिए । उनले ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्न जरुरी देखिएको उल्लेख गरेका छन् ।

उनले यस्ता कार्यहरु भन्सार नीतिमार्फत निर्मुल बनाउन नसकिने भन्दै ऐनले व्यवस्था गर्नुपर्ने जिकिर गरे । उनले भन्सारमा आउने सामान रोक्न कागजात नमिल्ने भन्दै तजबिजीमा काम गर्ने प्रवृत्ति रोक्ने कानून बनाउन आवश्यक रहेको बताएका छन् ।

उनले भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्ने बताए । उनले भन्सार छली गरेर पक्राउ पर्दा उठ्नै नसक्ने खालको कारबाहीको ऐनमा व्यवस्था गरी भन्सारमा सुधार ल्याउनुपर्ने बताए ।

उनले बदनाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र अन्तर्राष्ट्रिय राम्रा अभ्यासहरु ल्याउनुपर्नेमा जोड दिए । उनले भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक देखिएको बताएका छन् ।

उनले भन्सार रुपान्तरणको लागि राजनीतिक प्रतिवद्धतासहित अब मालदार र बद्नाम अड्डालाई रुपान्तरण गर्नुको विकल्प नभएको उल्लेख गरे ।

उनले भने ,‘ भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्छ । ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्नेतिर जानुपर्छ । भन्सार नीतिमार्फत निर्मुल बनाउन सकिँदैन । तजबिजीमा काम गर्ने प्रवृत्ति छ । त्यसलाई रोक्ने कानून बनाउनुपर्छ । भन्सारमा तजबिजि लगाएर काम गर्ने प्रवृत्तिलाई निर्मुल बनाउनुपर्छ । भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्छ । भन्सार छली गरेर पक्राउ पर्‍यो भने उठ्नै नसक्ने खालको कारबाही भयो भने भन्सारमा सुधार ल्याउँछ । बद्नाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र राम्रा अभ्यासहरु आएका छन् । भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक छ । सुधारको लागि राजनीतिक प्रतिवद्धता छ । मालदार र बदनाम अड्डालाई हामीले रुपान्तरण गर्नुपर्छ ।’

उनले श्रम,स्वच्छ ऊर्जा,निर्यात गर्ने वा नेपालमा आयात प्रतिस्थापन गर्ने वस्तुरुमा भन्सार शुल्क कम हुनुपर्ने बताए । उनले निर्यातजन्य वा पुँजी निर्माणमा काम लाग्ने वस्तुहरुमा कम भन्सार राख्नुपर्ने उल्लेख गरेका छन् ।

उनले अहिले सरकारले मनलाग्दी भन्सारदर अपनाउने गरेको भन्दै भन्सारदर राख्नुको आधार पुष्टि हुनेगरी राख्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?