Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मालदार र बद्नाम अड्डाबाट भन्सारलाई रुपान्तरण गर्नेगरी ऐन बनाउनुपर्छः उपसभापति वाग्ले


काठमाडौँ । राष्ट्रिय स्वतन्त्रपार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले मालदार र बद्नाम अड्डाका रुपमा रहेको भन्सार प्रणालीलाई रुपान्तरण गर्नेगरी भन्सार ऐन ल्याउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै उपसभापति वाग्लले यस्तो बताएका हुन् ।

उनले भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्नेमा जोड दिए । उनले ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्न जरुरी देखिएको उल्लेख गरेका छन् ।

उनले यस्ता कार्यहरु भन्सार नीतिमार्फत निर्मुल बनाउन नसकिने भन्दै ऐनले व्यवस्था गर्नुपर्ने जिकिर गरे । उनले भन्सारमा आउने सामान रोक्न कागजात नमिल्ने भन्दै तजबिजीमा काम गर्ने प्रवृत्ति रोक्ने कानून बनाउन आवश्यक रहेको बताएका छन् ।

उनले भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्ने बताए । उनले भन्सार छली गरेर पक्राउ पर्दा उठ्नै नसक्ने खालको कारबाहीको ऐनमा व्यवस्था गरी भन्सारमा सुधार ल्याउनुपर्ने बताए ।

उनले बदनाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र अन्तर्राष्ट्रिय राम्रा अभ्यासहरु ल्याउनुपर्नेमा जोड दिए । उनले भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक देखिएको बताएका छन् ।

उनले भन्सार रुपान्तरणको लागि राजनीतिक प्रतिवद्धतासहित अब मालदार र बद्नाम अड्डालाई रुपान्तरण गर्नुको विकल्प नभएको उल्लेख गरे ।

उनले भने ,‘ भन्सारमा सुरक्षा निकाय र भन्सारका कर्मचारी सरुवा कार्यमा हुने ठूलो लेनदेन रोक्ने गरी भन्सार ऐन आउनुपर्छ । ऐनमार्फत चलखेल हुने ठाउँ बन्द गर्नेतिर जानुपर्छ । भन्सार नीतिमार्फत निर्मुल बनाउन सकिँदैन । तजबिजीमा काम गर्ने प्रवृत्ति छ । त्यसलाई रोक्ने कानून बनाउनुपर्छ । भन्सारमा तजबिजि लगाएर काम गर्ने प्रवृत्तिलाई निर्मुल बनाउनुपर्छ । भन्सार प्रणालीलाई डिजिटल,डिजिटलाइजेशन,अटोमेशन तथा भौतिक रुपमा उपस्थित हुनुपर्ने विधिमा जानुपर्छ । भन्सार छली गरेर पक्राउ पर्‍यो भने उठ्नै नसक्ने खालको कारबाही भयो भने भन्सारमा सुधार ल्याउँछ । बद्नाम भन्सारको चुस्त रुपान्तरणको लागि प्रविधि र राम्रा अभ्यासहरु आएका छन् । भन्सार प्रविधिमा नेपाल भन्दा माथि रहेका मुलुकको प्रविधि प्रयोग गर्न आवश्यक छ । सुधारको लागि राजनीतिक प्रतिवद्धता छ । मालदार र बदनाम अड्डालाई हामीले रुपान्तरण गर्नुपर्छ ।’

उनले श्रम,स्वच्छ ऊर्जा,निर्यात गर्ने वा नेपालमा आयात प्रतिस्थापन गर्ने वस्तुरुमा भन्सार शुल्क कम हुनुपर्ने बताए । उनले निर्यातजन्य वा पुँजी निर्माणमा काम लाग्ने वस्तुहरुमा कम भन्सार राख्नुपर्ने उल्लेख गरेका छन् ।

उनले अहिले सरकारले मनलाग्दी भन्सारदर अपनाउने गरेको भन्दै भन्सारदर राख्नुको आधार पुष्टि हुनेगरी राख्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?