Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन आवश्यकः सूर्यनाथ उपाध्याय


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन सुझाव दिएका छन् ।

मंगलवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका बैठकमा उनले यस्तो सुझाव दिएका छन् । उनले नदीनाला सम्बन्धि परियोजना र ड्याम बनाएर जलस्रोत भण्डारण गर्नुपर्ने परियोजनामा धेरै फरक हुने बताए ।

उनले जलस्रोतको लागि भनेर एउटा ऐन बनाएर मात्र नपुग्ने बताए । उनले भण्डारण गरिने जलस्रोतसम्बन्धी ऐन बनाउन नसके जलस्रोतको उपयोग र त्यसबाट मुनाफा लिन नसकिने जिकिर गरे ।

उनले उर्जा हावाबाट पनि निकाल्न सकिने उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पानिको विकल्प नरहेको बताए । उनले पानीको लागि धनि छौं कि गरिब ? भन्ने बहस गर्नुभन्दा उपलब्ध जलस्रोतको सदुपयोगमा ध्यान दिन जरुरी रहेको बताए ।

उनले भने , ‘हाम्रो जलस्रोतको जुन चाहीँ स्थिति छ त्यो स्थितिलाई रणनीतिक रुपमा प्रयोग गर्नुपर्छ । र भण्डारण गरिने जलस्रोतको लागि बेग्लै ऐन बनाउनुपर्छ । बेग्लै ऐन नभइकन हुँदैन । नदीनालाहरुको प्रोजेक्ट र ड्याम बनाउनुपर्ने परियोजनाहरुमा जमिन अस्मानको फरक छ । त्यसकारण जलस्रोतको लागि मात्र भनेर एउटा ऐन बनाएर मात्र पुग्दैन । त्यसभित्र कस्तो नेचरको डेभलवमेण्ट हो । त्यसको बारेमा पनि हामीले ऐन बनाउनुपर्छ । जलस्रोतकै बाट बनेपनि अन्त बनेपनि आवश्यक छ । यदि त्यो नहुने हो भनेदेखि हाम्रो जलस्रोतको राम्रो उपयोग पनि हुन सक्दैन । त्यसबाट केही मुनाफा पनि लिन सकिँदैन । हामीले जस्तोसुकै उर्जाको कुरा गरेपनि एउटा कुरा के हो भने जलस्रोत भनेको नभई नहुने कुरा हो । उर्जा हावाबाट निकालेर पनि गर्न सकन्छि । तर उर्जा खाएर हिँड्न सकिँदैन । पानीको कुनै पनि हालतमा डिस्पेस्मेण्ट चाहियो । अहिलेसम्म त्यस्तो देखिएको छैन । पानीको विकल्प हामीसित छैन । हामी अरु देशभन्दा धनी छौं कि छैनौैं भन्ने कुराभन्दा पनि हामीसँग जति जे छ त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । पानी हाम्रो देशको स्रोत यो सबैभन्दा महत्वपूर्ण कुरा हो । यसको विकल्प छैन ।’

समितिले मंगलवार जलस्रोत विधेयकका सम्बन्धमा विज्ञहरुसँग सुझाव लिएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?