Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी


जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री सिंहले आज जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरेका छन् ।

जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई गर्दै नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?