Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

श्रम लचकताको फाइदा उठाउँदै श्रमदाताहरुले श्रमिकलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरेः अध्यक्ष कुवँर


काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष योगेन्द्रकुमार कुवँरले श्रम बजारसम्बन्धी जुम्ल्याहा कानून ल्याउँदा श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएको बताए ।

मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले जति बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्याउँदा श्रम बजार समस्याग्रस्त भएको बताएका हुन् ।

उनले श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरुलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरिरहेको टिप्प्णी गरेका हुन् । उनले संविधान बमोजिम श्रम बजरको लागि नीतिगत र कानूनी संरचनाहरु तयार भएपनि आम श्रमिकले त्यसको अनुभुति गर्न नपाएको बताए ।

उनले श्रम बजार अझै कमजोर, अव्यवस्थित, असुरक्षित र अमर्यादित तथा अनौपचारिकरण हुँदै गइरहेको महशुस हुन थालेको बताए । उनले श्रम बजारलाई औपचारिकरण गर्न श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।

उनले भने , ‘श्रम तथा रोजगारलाई व्यवस्थित गर्न श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धि रणनीति, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, राष्ट्रिय रोजगार नीति र वैदेशिक रोजगार नीति कार्यान्वयनको चरणमा रहेका छन् । श्रम ऐन, २०७४ लगायतका ऐन र हकहरु कार्यान्वयनमा रहेका छन् । यसका अलवा हामीसँग विभिन्न नियमावली तथा मापदण्डहरु लागू भएका छन् । उल्लेखित श्रम नीति, ऐन तथा कानून र मापदण्डहरु योजनावद्ध कार्यान्वयन गर्न बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवर्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनाहरु क्रियाशील छन् । श्रम तथा पुँजी बजारलाई औपचारिकरण गर्न औपचारिकरण रणनीतिको तयारी भइरहेको छ । कानूनले द्विपक्षीय, त्रिपक्षीय संयन्त्रको व्यवस्था गरेको छ । यद्धपी नीति, कानून, योजना र संरचनाहरुलाई दृष्टिगत गर्दा श्रम रोजगारी र सामाजिक सुरक्षाको क्षेत्रमा हामीले धेरै नै उपलब्धी हासिल गरेका छौं । संविधान बमोजिम नीतिगत र कानूनी संरचनाहरु तयार भएका छन् । तर यसको अनुभुति आम श्रमिकले गर्न पाइरहेका छैनन् । श्रम बजार अझै कमजोर, अव्यवस्थित असुरक्षित र अमर्यादित तथा अनौपचारिक हुँदै गइरहेको हामीले महशुस गरेका छौं । श्रम बजारलाई ओपचारिकरण गर्ने क्रममा श्रम ऐन परिमार्जन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउँ । जति नै बढी सामाजिक सुरक्षा त्यति नै श्रममा लचकता भन्दै जुम्ल्याहा कानून ल्यायौं । अधिकांश रोजगार दाताहरुले श्रम लचकताको गलत फाइदा उठाएर श्रमिकहरुलाई अन्धाधुन्ध जगेडामा राख्ने, सरुवा गर्ने, निष्कासन गर्ने र नियमित रोजगारीलाई आउट सोर्सिङ गर्ने काम गरिरहनुभएको छ ।’

उनले बालश्रम निवारण, व्यवसाय र मानव अधिकार प्रवद्र्धन र व्यवसायजन्य सुरक्षाको सुदृढिकरणका लागि विभिन्न रणनीतिक योजनहरु क्रियाशील भएपनि त्यसको प्रभाव श्रम बजारमा पर्न नसकेको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?