Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

आज २०८१ साल पौष १६ गते मंगलबार ,हेर्नुहोस आजको राशिफल


२०८१ साल पौष १६ गते मंगलबार (31 Dec,2024) पौष शुक्लपक्ष प्रतिपदा ०४:०३ बजेसम्म, त्यसपछी द्वितिय

मेष – व्यापार व्यावसायमा लगानी बढाइ प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ भने बैकिङ क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

वृष – प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पछिसम्म आम्दानी भइरहने व्यवसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ ।

मिथुन – परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ ।

कर्कट – मायाप्रेम तथा पतीपत्नी बीच केहि विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ ।

सिंह – पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ ।

कन्या – अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेको छ । तपाईंको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । शत्रु परास्त हुनेछन् भने ठूला बडाको आशीर्वादले अगाडी बढ्न सहज हुनेछ । परिवारमा मेलमिलापको भाव बढ्नेछ भने एक अर्काबीच आत्मियता वृद्धि भएर जानेछ ।

तुला – व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयोग हुने छैन ।

वृश्चिक – जीवनशैली व्यस्त भएपनि आर्थिक रुपमा पछि नै परिनेछ । आमा तथा आफ्नैबाट टाढिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्रा तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने साथीभाइले नै धोका दिन सक्छन् ।

धनु – छोटो तथा रमाईलो आन्तरिक यात्रा तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पती पत्नीबीचको सम्बन्धमा प्रगाढता बढेर जानेछ । उद्योग तथा व्यवसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिनेहरुले नाम तथा दाम कमाउन सकिनेछ ।

मकर – आफन्त तथा कुटुम्वसँग व्यवहार गर्दा वा कुनैपनि काम गर्दा सावधानी अपनाउनु होला, कामहरु बिग्रने तथा मनमुटाव पैदा हुनसक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेको छ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ ।

कुम्भ – व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

मीन – गलत काम भुलेर पनि नगर्नुहोला, नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ, सचेत रहनुहोला । व्यापार व्यवसाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग रहेको छ ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?